५ पुस २०८२, शनिबार | December 20, 2025

पुष्पमेलामा व्यापार नहुँदा व्यवसायी खिन्न



काठमाडौं । तिहार आउन दुई साता बाँकी रहँदा भृकुटीमण्डपमा फूलको उत्सव चलिरहेको छ । नर्सरी व्यवसायी सङ्घले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो’ मा अवलोकनकर्ताको भीड लागे पनि फूलको सोचेजस्तो बिक्री नभएपछि व्यवसायी खिन्न भएका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको सुवास नर्सरीका सञ्चालक सुवास लामा प्रदर्शनीमा अवलोकनकर्ताको भीड लागे पनि बिक्री उत्साहजनक नरहेको बताए । उनले भने, “गोदावरी, ‘इनडोर तथा आउटडोरका प्लान्ट’ राखिएको छ, तर अवलोककर्ता खरिद नगरी फर्कन्छन् ।” नर्सरी व्यवसायी लामाले आफ्नो बिक्री कक्षमा एक सय ५० देखि तीन हजार पाँच सयसम्मका फूल बिक्रीमा राखेका छन् ।

रेड रोज नर्सरीका सञ्चालक मिलन कार्की मौसमी तथा बेमौसमी फूल बिक्रीमा राखिए पनि अवलोककर्ताले बेमौसमी फूलहरु बढी किन्ने गरेको सुनाए। उनले भने, “स्टलबाट प्रचारप्रसार राम्रै भएको छ । धेरैजना बेमौसमी फूल किन्न आउने गरेका छन् । उपभोक्ताले सस्ता फूल खोजेका छन् ।”

प्रदर्शनी हेर्न चाँगुनारायणबाट आएका विजय उपाध्याय फूल महँगा भएको गुनासो गर्छन्। प्रदर्शनीमा बेचिने फूल नर्सरीकाभन्दा सस्ता हुनुपर्ने उनी बताउँछन् ।

‘तिहारको महोत्सव, फूलको उत्सव’ नारासहित मङ्गलबारदेखि प्रदर्शनी जारी छ । शनिबारसम्म सञ्चालन हुने प्रदर्शनीमा ६२ वटा नर्सरी कक्ष छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ८ : २१ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता