१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

पुष्पमेलामा व्यापार नहुँदा व्यवसायी खिन्न



काठमाडौं । तिहार आउन दुई साता बाँकी रहँदा भृकुटीमण्डपमा फूलको उत्सव चलिरहेको छ । नर्सरी व्यवसायी सङ्घले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो’ मा अवलोकनकर्ताको भीड लागे पनि फूलको सोचेजस्तो बिक्री नभएपछि व्यवसायी खिन्न भएका छन् ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा रहेको सुवास नर्सरीका सञ्चालक सुवास लामा प्रदर्शनीमा अवलोकनकर्ताको भीड लागे पनि बिक्री उत्साहजनक नरहेको बताए । उनले भने, “गोदावरी, ‘इनडोर तथा आउटडोरका प्लान्ट’ राखिएको छ, तर अवलोककर्ता खरिद नगरी फर्कन्छन् ।” नर्सरी व्यवसायी लामाले आफ्नो बिक्री कक्षमा एक सय ५० देखि तीन हजार पाँच सयसम्मका फूल बिक्रीमा राखेका छन् ।

रेड रोज नर्सरीका सञ्चालक मिलन कार्की मौसमी तथा बेमौसमी फूल बिक्रीमा राखिए पनि अवलोककर्ताले बेमौसमी फूलहरु बढी किन्ने गरेको सुनाए। उनले भने, “स्टलबाट प्रचारप्रसार राम्रै भएको छ । धेरैजना बेमौसमी फूल किन्न आउने गरेका छन् । उपभोक्ताले सस्ता फूल खोजेका छन् ।”

प्रदर्शनी हेर्न चाँगुनारायणबाट आएका विजय उपाध्याय फूल महँगा भएको गुनासो गर्छन्। प्रदर्शनीमा बेचिने फूल नर्सरीकाभन्दा सस्ता हुनुपर्ने उनी बताउँछन् ।

‘तिहारको महोत्सव, फूलको उत्सव’ नारासहित मङ्गलबारदेखि प्रदर्शनी जारी छ । शनिबारसम्म सञ्चालन हुने प्रदर्शनीमा ६२ वटा नर्सरी कक्ष छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ८ : २१ बजे

१ सय रुपैयाँ बढीको सामानमा उठाउँदै आएको भन्सार शुल्कमा सर्वोच्च अदालतको रोक

काठमाडौं । नेपाल-भारत सीमा नाकाबाट १ सय रुपैयाँ भन्दा बढीको

विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा

काठमाडौँ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ । फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखीकारण

नेपालगन्ज । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ