१६ माघ २०८२, शुक्रबार | January 31, 2026

बुटवलमा सार्वजनिक जग्गामा व्यक्तिको ‘डोजर’



बुटवल । बुटवल उपमहानगरपालिका–११ देवीनगरमा रहेको सार्वजनिक सम्पत्तिमा व्यक्तिले डोजर चलाएर कब्जा गर्न खोजेको स्थानीयबासीले आरोप लगाएका छन् । देवीनगर चौरालीपथको पश्चितर्फ रहेको सार्वजनिक जग्गालाई आफ्नो दाबी गर्दै त्यहाँ निर्माण भएको शिवालय मन्दिरको संरचनामा बालकृष्ण विश्वकर्मा र भिमबहादुर अधिकारीले डोजर चलाएको उनीहरुले आरोप लगाएका हुन् ।

आफ्नो जग्गासँग जोडिएको सार्वजनिक जग्गालाई आफ्नो जग्गा भन्दै विश्वकर्मा र अधिकारीले गत कार्तिक ६ गते डोजर चलाएर मन्दिरको संरचना भत्काएको भन्दै स्थानीय टोलबासीले विरोधमा उत्रिएका हुन् ।

दक्षिणतर्फ चौरालीपथ र पश्चिमतर्फ रङ्गशाला मार्गसँग जोडिएको जाग्गामा एकाविहानै दलबलसहित आएर मन्दिरको संरचना भत्काइएको चौराली पथका अध्यक्ष लोकप्रसाद पङ्गेनीले बताए । ‘एकाविहानै लु १ ख ४३४२ नम्बरको जेसिबी आएर मन्दिरको संरचनामाथि नाचिरहेको थियो । कोही बोल्न नसकोस भनेर करिब डेढ दुई सय जना युवाहरुको जत्था लिएर उनीहरु आएका थिए ।’–पङ्गेनीले भने, ‘हामी उठेर हेर्न आउँदा लाखौंको संरचना नष्ट भैसकेको थियो, डोजर अघि गएर उभिएपछि शिवालय मन्दिर भने बचाउन सक्यौं ।’

डोजर चलाउँदा टोलबासीबाट सहयोग संकलन गरी निर्माण गरिएको २० लाख बढीको सम्पत्ति नष्ट भएको पङ्गेनीले बताए । सार्वजनिक जग्गा संरक्षणका लागि टोलबासीले रकम संकलन गरी ट्वाइलेट, शिवालय मन्दिर तथा ट्रस भवनको निर्माण गरेका थिए । सार्वजनिक जग्गामा डोजर चलाउने व्यक्तिहरुले आफूहरुलाई धम्क्याउने तथा थर्काउने गरेको गुनासो गर्दै उनले शान्ति सुरक्षाको समेत माग गरे ।

यसअघिका जग्गा धनी लालबहादुर पुनले पूर्वतर्फबाट जग्गा नाप्दै आउँदा पश्चितर्फको १८ धुर जग्गा छुट भएको र उक्त जग्गा आफूले समेत दाबी नगरी टोल संस्थालाई दिएको स्थानीयको भनाई छ । भिमबहादुर र बालकृष्णले दाबी गरेजस्तो उनीहरुले जग्गाको कित्ता नम्बरनै छुट्टिएकाले दाबी गर्न नमिल्ने उनीहरु बताउँछन् ।

सार्वजनिक जग्गा भएकै कारण लामो समयदेखि टोलबासीले संरक्षण गरेर राखेको अवस्थामा एक्कासी डोजर चलाएर लाखौं रकम क्षति गर्नु निन्दनीय भएको स्थानीय पर्सुराम अर्यालले बताए । दशैं मनाउन मानिसहरु गाउँ गएको मौका छोपी नवमीका दिन कोही नभएको मौका छोपी एकाविहानै मन्दिरको संरचना भत्काइएको उनले बताए ।

दक्षिण मोहडाको कित्ता नम्बर ४६८७ र ४७८३ को जग्गा भएका बालकृष्ण र उत्तरतर्फ मोहडा भएको कित्ता नम्बर ४६८६ नम्बरको जग्गा भएका भिमबहदुरले भने आफ्नो जग्गा रङ्गशाला मार्गसँग जोडिएको भन्दै पश्चितर्फको जग्गा दाबी गर्दै आएका छन् ।

जग्गा विवाद बारे बुटवल उपमहानगर–११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले अन्तिम नापजाँच गरेर मात्रै टुङ्गो लाग्ने बताए । जग्गा विवादित भएपछि उपमहानगरले उक्त जग्गाका कुनै पनि संरचना निर्माण तथा किनबेचका लागि रोक्का लगाइएको वडा अध्यक्ष क्षेत्रीले बताए । सार्वजनिक भनिएको जग्गामा संरचना निर्माणका लागि वडाबाट समेत बजेट विनियोजन गरी मन्दिर निर्माण गरिएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ९ : ३६ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी