२० असार २०८३, शनिबार | July 4, 2026

आम्दा अस्पतालको थप २०० शैया भवनको प्रधानमन्त्री प्रचण्डबाट शिलान्यास(फोटोफिचर)



बुटवल । सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा नेपालको २५ औं वार्षिकोत्सवको अवसरमा थप २०० शैया भवनको शिलान्यास गरिएको छ । आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले भवनमाको शिलान्यास गरेका हुन् ।

हाल १०० शैयाको क्षमतामा संचालित अस्पतालमा बिरामीहरुको चाप र आवश्यकतालाई मध्यनजर गरी ३०० शैयाको अस्पतालमा स्तरोन्नति गर्नका लागि जेठमा ६ सदस्यीय टोलिले जापान भ्रमण गरेको नजिता स्वरुप थप २०० शैया अस्पताल भवन निर्माणको वातावरण बनेको बताइएको छ ।

कार्यक्रममा अस्पतालका संस्थापक जीवन ओझालाई सम्मान गरिनुका साथै अस्पतालको स्मारिका विमोचन गरिएको थियो ।

अस्पतालमा आमा सुरक्षा कार्यक्रम यसै वर्षदेखि संचालन हुने गरि नगरपालिकाबाट बजेट विनियोजित गरेको छ । अस्पतालले आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत यसै शैक्षिक सत्रदेखि प्रमाणपत्र तह नर्सिग, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी गरी तीन वटा विषयको शैक्षिक कार्यक्रम संचालन गर्ने तयारी समेत गरेको छ ।

वि.स. २०५५ कार्तिक १६ मा आम्दा नेपाल, बुटवल उपमहानगरपालिका तथा बुटवल उद्योग वाणिज्य संघ बीच त्रि–पक्षीय समझदारी भई ५० शैयाबाट अस्पतालको सुरुवात भएको थियो ।

 

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  २ : ०९ बजे

मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल

बागलुङ । मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्रीको सङ्ख्या बढेसँगै

कर्णाली नदी दुर्घटनामा बेपत्ता गाडी खोजीमा गोताखोर टोली परिचालन

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली नदीमा खसेको

थैव समाजद्वारा वनवाटिकालाई कुर्ची हस्तान्तरण

बुटवल । थैव समाजले तिलोत्तमा नगरपालिकास्थित शकरनगर वनविहार तथा अनुसन्धान

घानालाई १-० गोलले पराजित गर्दै कोलम्बिया अन्तिम १६ मा

काठमाडौं । कोलम्बियाले घानामाथि १-० को कठिन जित निकाल्दै फिफा

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल