२९ मंसिर २०८२, सोमबार | December 15, 2025

शान्तिप्रक्रियाको बाँकी काममा अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुन्छ : उपमहासचिव पुन



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले शान्तिप्रक्रियाको बाँकी कामका लागि अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गरेका छन ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सङ्क्रमणकालीन विधेयक संसदको कानुन तथा मानव अधिकार समितिमा छलफलमा रहेको जानकारी दिँदै विधेयक राष्ट्रिय सहमतिबाट पारित हुने बताए ।

आफूले नेतृत्व गर्दा राम्रो तर अरुले नेतृत्व गर्दा नराम्रो जस्तो गरी दृष्टिकोण आउने गरेको उल्लेख गर्दै तर यस्तो विषय राष्ट्रिय प्राथमिकतामा पर्न जरुरी रहेको बताए । “हामी आफूमा विश्वास गर्दैनौँ । भाग्यवादमा विश्वास गर्छौँ, तर तथ्यमा, विज्ञान प्रविधिले के भन्छ भन्नेमा ध्यान दिएर कर्ममा विश्वास गर्नुपर्छ”, उनले भने, “मिलन र सद्भावको संस्कृतिलाई काम गर्नुपर्छ । अल्पसङ्ख्यकको संस्कृतिलाई पनि मानेर जानुपर्छ । बहुलतालाई स्वीकार गरेर जानुपर्ने जरुरी छ ।”

सदनको कार्यकालको समीक्षा गर्दा संसद्ले केही प्रयत्न गरेको उल्लेख गर्दै उनले यस अवधिमा कानुन निर्माणमा क्रममा मिटरब्याजसम्बन्धी महत्वपूर्ण कानुन बनाएको अवगत गराए । समितिमा विभिन्न २२ वटा विधेयक छलफल भइरहेको बताउँदै उनले संसद्लाई प्रभावकारी बनाउन सबैको भूमिका आवश्यकपर्नेमा जोड दिए ।

प्रधानमन्त्रीले विभिन्न मित्रराष्ट्रहरुको भ्रमण गरेको विषय सकारात्मक रहेको उल्लेख गर्दै नेता पुनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको औपचारिक भ्रमणमा आएर जलवायु परिर्वतनको असरबारे विश्वलाई जानकारी गराउनु नेपालको लागि उपलब्ध भएको बताए ।

अर्थतन्त्रलाई बलियो बनाउनका लागि सबैले मिलेर काम गर्नुपर्ने जरुरी रहेको बताउँदै उनले सरकारले स्वतन्त्र परराष्ट्र नीतिअनुरुप काम गर्दै आएको उल्लेख गरे । नेता पुनले संसद् अधिवेशनको यो अवधिमा प्रधानमन्त्रीले महिनाको पहिलो हप्ता जवाफ दिने महत्वपूर्ण काम भएको बताए ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ३ : १९ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर