२ पुस २०८२, बुधबार | December 17, 2025

आईसिसी टी-२० विश्वकप छनोट प्रतियोगिता : विश्वकपमा छनोट हुन जित्नै पर्ने दबाबमा नेपाल

सेमिफाइनलमा यूएईसंग भिडदैं नेपाल



काठमाडौं । आईसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको सेमिफाइनलमा शुक्रबार नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ बजे मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।

आजको खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ । त्यसैले दुवै टोलीलाई यो खेल जित्नैपर्ने दबाब छ । नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनल प्रवेश गरेका हुन् ।

जारी प्रतियोगिताको समूह चरणमा नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो तर बिहीबारको भएको खेलमा भने ओमानसँग ५ रनले पराजित भई उपविजेतामा सीमित भएको थियो ।

यूएईले बहराइन र कुवेतलाई समान पाँच विकेटले र हङकङलाई २२ रनले हराएको थियो । आजको अर्को सेमिफाइनल खेल कीर्तिपुर मैदानमा ओमान र बहराइनबीच हुनेछ । फाइनल खेल पर्सी आइतबार कीर्तिपुर मैदानमा हुनेछ ।

नेपाल सन् २०२१ को छनोट खेलमा यूएईसँग ६८ रनले पराजित हुँदै विश्वकप पुग्न सकेको थिएन । नेपाल र यूएईबीच हालसम्म ८ वटा टी-२० खेल भएका छन् । जसमा नेपाल ४ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ७ : २८ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल