४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

गुल्मी शान्तिपुरको पुलमुनी नग्न अवस्थामा किशोरीको शव फेला



गुल्मी । गुल्मीको शान्तिपुरमा एक किशोरीको नग्न अवस्थामा शव फेला परेको छ । शान्तिपुर स्थित स्थानीय उदय मावि अगाडिको झोलोङ्गे पुल मुनि खोलामा नग्न अवस्थामा किशोरीको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लिनारायण पाण्डेले शव फेला परेको जानकारी प्राप्त भएको बताउँदै त्यस तर्फ गुल्मी प्रहरी प्रमुख एसपी नबिनकिशोर प्रधान आफै प्रस्थान गरेको जानकारी दिए ।

मृत फेला शव स्थानीयले चन्द्रकोट गाउँपालिका ४ घर भई शान्तिपुर बजारको श्रीलंकाटोल बस्दै आएकी १५ वषीया किशोरीको भएको स्थानीयले बताएका छन् । शवको बारेमा प्रहरीले भने अनुसन्धान जारी रहेको भन्दै नाम खुलाएको छैन ।

मृतक किशोरी स्थानी विद्यालयमा ९ कक्षामा अध्यनरत मनिषा रुचाल भएको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले पुष्टि गरे । उनका अनुसार मृतक किहोरी बिहीबार दिउँसो करिव २ बजेसम्म खेतमा काम गरेको, त्यस यता सम्पर्कविहिन थिईन ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ९ : ०६ बजे

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं । फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा

धरौटीमा रिहा भए रवि ओड

काठमाडौं । नेपाल आइडल फेम गायक रवि ओड धरौटीमा रिहा

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य