१ आश्विन २०८३, बिहिबार | September 17, 2026

सीमामा कडाई गर्न बुटवल उद्योग वाणिज्य संघको माग



बुटवल । बुटवल उद्योग वाणिज्य संघले दशैँ तिहार जस्ता महत्वपूर्ण चाडपर्वहरुमा सीमा नाका खुकुलो बनाएको भन्दै यसलाई तत्काल कडाई गर्न माग गदै भैरहवा भन्सार कार्यलयमा ज्ञापन पत्र बुझाएको छ ।

संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईको नेतृत्वमा गएको टोलिले भैरहवा भन्सार कार्यलयका कार्यलय प्रमुख नारद गौतमलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझाउदै उद्योग उपाध्यक्ष भट्र्टराइले दशैँ तिहार जस्ता महत्वपूर्ण चाडपर्वको नाममा राजनैतिक तवरबाट नै भन्सार नाका खुकुलो पार्न दवाब दिएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको बताए ।

सिमा नाका खुकुलो हुदै दैनिक सयौँको संख्यामा सिमानाकामा नेपालबाट मानिसहरु भारत जाँदै सामान लिदै गर्दा बुटवलका व्यवसायिहरु मारमा परेको उनले बताए । यसको लागि भन्सार नाकाबाट सामान ओसारपसारमा चेकजाँज गरि कडाइ गर्न आग्रह गरे ।

बुटवल उद्योग बाणिज्य संघको नेतृत्वमा गत जेठ १८ गते गएको डेलिकेसनले केहि कडाई भएपनि अहिले पुन खुकुलो भउको बताउँदै पुन नाकामा कडाई गर्न आग्रह गरे । देशको अर्थतन्त्र दरिलो पार्ने भन्सार तथा खुल्ला सिमामा कडाई गर्दै जानुपर्ने निति विपरीत खुकुलो बनाउँदै गएको उनको भनाई थियो ।

उक्त ज्ञापनपत्र बुझ्दै भैरहवा भन्सार कार्यलयका प्रमुख नारद गौतमले सिमानाकामा देखिएको समस्यालाई समाधान गर्दै थप कडाई गर्ने प्रतिबद्धता व्यक्त गरे । चाडपर्व लक्षित सिमा नाकामा आउनेजाने मानिसहरुले सामान बाहिरबाट ल्याउने भएकाले यसलाई थप कडाई गर्ने उनले बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ६ : ५१ बजे

आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

काठमाडौं । कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग

मुस्ताङ । ‘हिमालको आवाज, स्थानीय तह तहको सङ्कल्प र जलवायु

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौँ । अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

सर्वोच्चले खोलिदियो महाधिवेशन गर्ने बाटो

काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसको महाधिवेशन गर्ने बाटो खुला

संविधान संशोधन गर्न दुवै सदनको दुई तिहाई बहुमत हुनैपर्ने

काठमाडौं । सर्वोच्च अदालतले संविधान संशोधन गर्न दुवै सदनमा दुई