३ माघ २०८१, बिहिबार | January 16, 2025

सीमामा कडाई गर्न बुटवल उद्योग वाणिज्य संघको माग



बुटवल । बुटवल उद्योग वाणिज्य संघले दशैँ तिहार जस्ता महत्वपूर्ण चाडपर्वहरुमा सीमा नाका खुकुलो बनाएको भन्दै यसलाई तत्काल कडाई गर्न माग गदै भैरहवा भन्सार कार्यलयमा ज्ञापन पत्र बुझाएको छ ।

संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईको नेतृत्वमा गएको टोलिले भैरहवा भन्सार कार्यलयका कार्यलय प्रमुख नारद गौतमलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझाउदै उद्योग उपाध्यक्ष भट्र्टराइले दशैँ तिहार जस्ता महत्वपूर्ण चाडपर्वको नाममा राजनैतिक तवरबाट नै भन्सार नाका खुकुलो पार्न दवाब दिएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको बताए ।

सिमा नाका खुकुलो हुदै दैनिक सयौँको संख्यामा सिमानाकामा नेपालबाट मानिसहरु भारत जाँदै सामान लिदै गर्दा बुटवलका व्यवसायिहरु मारमा परेको उनले बताए । यसको लागि भन्सार नाकाबाट सामान ओसारपसारमा चेकजाँज गरि कडाइ गर्न आग्रह गरे ।

बुटवल उद्योग बाणिज्य संघको नेतृत्वमा गत जेठ १८ गते गएको डेलिकेसनले केहि कडाई भएपनि अहिले पुन खुकुलो भउको बताउँदै पुन नाकामा कडाई गर्न आग्रह गरे । देशको अर्थतन्त्र दरिलो पार्ने भन्सार तथा खुल्ला सिमामा कडाई गर्दै जानुपर्ने निति विपरीत खुकुलो बनाउँदै गएको उनको भनाई थियो ।

उक्त ज्ञापनपत्र बुझ्दै भैरहवा भन्सार कार्यलयका प्रमुख नारद गौतमले सिमानाकामा देखिएको समस्यालाई समाधान गर्दै थप कडाई गर्ने प्रतिबद्धता व्यक्त गरे । चाडपर्व लक्षित सिमा नाकामा आउनेजाने मानिसहरुले सामान बाहिरबाट ल्याउने भएकाले यसलाई थप कडाई गर्ने उनले बताए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ६ : ५१ बजे

सैफ अली खानको ढाडबाट निकालियो २ इन्चको चक्कुको टुक्रा

मुम्बई । बलिउड अभिनेता सैफ अली खानमाथि मुम्बईस्थित उनको घरमा

सातै प्रदेशमा पुग्यो एचपिभी खोप

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको

मन्त्रीहरूलाई कांग्रेसको निर्देशन – सातामा २ दिन पार्टी कार्यालय पुग्नु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका

बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड

मुग्लिन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

मर्चवार लिफ्ट सिँचाइ आयोजनाको क्षेत्र घट्दै

लुम्बिनी । मर्चवार लिफ्ट सिँचाइ आयोजनाको सेवा क्षेत्र आधाभन्दा बढीले