रुकुम पश्चिम । जाजरकोटलाई केन्द्रविन्दु बनाई गएराति गएको भूकम्पमा परी रुकुमपश्चिममा मात्रै ३५ जनाको मृत्यु भएको छ भने ५३ जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार अहिलेसम्मको अद्यावधिक सूचना संकलन गर्दा आठविसकोट नगरपालिकामा २८ जना र सानीभेरी गाउँपालिकामा सात जनागरी ३५ जनाको मृत्यु भएको हो ।
उनका अनुसार आठविसकोट नगरपालिका वडा नम्बर ११ मा छ जना, वडा नम्बर १२ मा तीन जना, वडा नम्बर १३ मा सात जना, वडा नम्बर १४ मा १२ जनाको मृत्यु भएको छ । त्यस्तै सानीभेरी गाउँपालिका वडा १ मा चार जना, वडा नम्बर २ मा एक जना र वडा नम्बर ४ मा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भूकम्पमा परी दुई वटा पालिकामा ५३ जना घाइते भएका छन् । घाइतेहरुको चौरजहारी अस्पताल, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पतालमा उपचार भईरहेको छ ।
शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।




















प्रतिक्रिया