८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

भूकम्प प्रभावित क्षेत्रमा सक्रिय हुन पार्टीका सम्पुर्ण निकायलाई देउवाको निर्देशन



काठमाडौं। नेपाली कांग्रेसले भूकम्पबाट घाइतेहरुको शिघ्र उपचार गर्न तथा प्रभावित क्षेत्रमा राहात उपलब्ध गराउन माग गरेको छ ।

प्रभावित भएकालाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न, युद्धस्तरमा उद्धारको कार्य गर्न, घाइतेहरुको उपचार र राहतको कार्यमा सक्रियता साथ परिचालन गर्न सरकारसँग माग गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका– १ रामीडाँडा केन्द्रविन्दू भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति भएको र सयौंको संख्यामा घाइते भएको घटनाप्रति दुख व्यक्तसमेत गरेका छन् ।

‘भूकम्पबाट प्रभावितहरुलाई सुरक्षित स्थलतर्फ तत्काल स्थानान्तरण गर्न, युद्धस्तरमा उद्धारको कार्य गर्न, घाइतेहरुको उपचार र राहतको कार्यमा सक्रियता साथ परिचालन गर्न प्रधानमन्त्री लगायत नेपाल सरकारसँग जोडदार माग गर्दछु’ सभापति देउवाले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।

उनका अनुसार कांग्रेसका उपसभापति एवं नेपाल सरकारका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का भूकम्प प्रभावित क्षेत्रमा उद्धारको कार्यलाई थप प्रभावकारी बनाउन त्यसतर्फ जान लागेको छन् ।

साथै यस कठिन घडीमा नेपाली कांग्रेसका सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा सक्रियतापूर्वक उद्धार, राहत र पुनर्निर्माणमा जुट्न निर्देश गर्दै यो विपत्तिको सामना संयम, धैर्यता र एकतापूर्वक गर्न सम्पूर्ण दिदीबहिनी–दाजुभाइहरुमा देउवाले अपील गरेका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १० : २५ बजे

एमाले सचिवालय बैठक : ४ उपाध्यक्षले ओलीलाई भने-पुस्तान्तरण गर, बैठक भोलि पुनः बस्ने

भक्तपुर । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले

लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष

कांग्रेस सरकारसँग मिलेर काम गर्न चाहन्छ : गगन थापा

सुनसरी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारसँग कांग्रेस

आइतबारभित्र अनुसन्धान नसके दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म,

अमेरिकामाथि नेपालको लगातार दोस्रो शानदार जित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिकामाथि लगातार दोस्रो