१४ पुस २०८२, सोमबार | December 29, 2025

जाजरकोट भूकम्प अपडेट : जुम्लामा पाँच घाइते, केही घरमा आंशिक क्षति



जुम्ला । छिमेकी जिल्ला जाजरकोटमा केन्द्रविन्द्र बनाएर गएराति गएको भूकम्पका कारण जुम्लामा पाँचजना सामान्य घाइते भएका छन् ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

जुम्लाको तातोपानी गाउँपालिका–३ बाहुनवाडा निवासी २६ वर्षीया सृजना गौतमको हातमा र उनका ११ महिनाका छोरा आयुषको आँखामा चोट लागेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार तातोपानी–३ का १४ वर्षीय निराजन उपाध्याय, तिला–३ दानीवाडाका ११ वर्षीया सपना थापा र तातोपानी–४ का हरि बहादुर खत्रीको घरको पर्खाल खसेपछि भाग्न खोज्दा खुट्टामा सामान्य चोट लागेको छ ।

तिला गाउँपालिका–३, ५ र ९ का केही घर तथा विद्यालय चर्केका छन् भने चन्दननाथ नगरपालिका–८ निवासी विष्णु महतको घरको एउटा कोठा भत्किएको र अरू कोठा चर्किएका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । यहाँका आठवटै स्थानीय तहका गाउँगाउँबाट भूकम्पले घरहरु चर्किएका खबरहरु आएको स्थानीय तहका प्रमुख बताउँछन् ।

जिल्लामा भूकम्पबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए । जिल्लाकोे यकिन तथ्याङ्कका लागि प्रहरी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १ : ३३ बजे

राष्ट्रिय च्याउ दिवसमा बुटवलमा निःशुल्क च्याउका परिकार खान पाईने

बुटवल । च्याउ उत्पादक किसान संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा

अंग्रेजी नयाँ वर्षको अवसरमा बुटवलमा भोलिदेखी तीनदिने सडक खाना महोत्सव, तयारी पूरा

बुटवल । अंग्रेजी नयाँ वर्षको अवसर पारेर बुटवलमा तीन दिने

सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौँ । सर्वोच्च अदालतमा सरकार र जेनजी पुस्ताबीच भएको १०

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये