७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

जाजरकोट भूकम्प अपडेट : जुम्लामा पाँच घाइते, केही घरमा आंशिक क्षति



जुम्ला । छिमेकी जिल्ला जाजरकोटमा केन्द्रविन्द्र बनाएर गएराति गएको भूकम्पका कारण जुम्लामा पाँचजना सामान्य घाइते भएका छन् ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

जुम्लाको तातोपानी गाउँपालिका–३ बाहुनवाडा निवासी २६ वर्षीया सृजना गौतमको हातमा र उनका ११ महिनाका छोरा आयुषको आँखामा चोट लागेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार तातोपानी–३ का १४ वर्षीय निराजन उपाध्याय, तिला–३ दानीवाडाका ११ वर्षीया सपना थापा र तातोपानी–४ का हरि बहादुर खत्रीको घरको पर्खाल खसेपछि भाग्न खोज्दा खुट्टामा सामान्य चोट लागेको छ ।

तिला गाउँपालिका–३, ५ र ९ का केही घर तथा विद्यालय चर्केका छन् भने चन्दननाथ नगरपालिका–८ निवासी विष्णु महतको घरको एउटा कोठा भत्किएको र अरू कोठा चर्किएका जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । यहाँका आठवटै स्थानीय तहका गाउँगाउँबाट भूकम्पले घरहरु चर्किएका खबरहरु आएको स्थानीय तहका प्रमुख बताउँछन् ।

जिल्लामा भूकम्पबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए । जिल्लाकोे यकिन तथ्याङ्कका लागि प्रहरी परिचालित गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति गरेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १ : ३३ बजे

पूर्व अर्थमन्त्रीहरूको सुझाव : ‘महत्त्वाकांक्षी होइन, कार्यान्वयनमुखी बजेट ल्याउनुस्’

आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा पुगेका अर्थमन्त्री डा.

प्रधानमन्त्रीलाई भेटेपछि विपक्षी विरुद्ध सभामुख आक्रमक, अवरोधकै बीच बैठक अघि बढाए

काठमाडौं । विपक्षी दलहरुले संसदमा प्रधानमन्त्री उपस्थित भएर सांसदहरुले उठाएका

जब फेवातालमा डुङ्गा पल्टियो…

पोखरा । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए

प्रधानमन्त्रीलाई भेटे सभामुख अर्यालले

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन्

मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी