१ आश्विन २०८३, बिहिबार | September 17, 2026

बुटवलको नौलो सहकारीले भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने



बुटवल । बुटवलको नौलो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भूकम्प पीडितहरुका लागि आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । बुटवल उपमहानगरपालिका-७ मा कार्यलय रही विगत १४ वर्षदेखि सञ्चालनमा रहेको सहकारीले सरकारले घोषणा गरेको राहत कोषमा २५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।

सहकारीको शनिबार बुटवलमा आयोजित १४ औं वार्षिक साधारणसभाको अवसरमा सहयोग रकम उपलब्ध गराउने निर्णय गरिएको अध्यक्ष माधव प्रसाद श्रेष्ठले बताए । भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै श्रेष्ठले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस दुःखद घडीमा सबै क्षेत्रबाट उद्धार र सहयोगमा जुट्न उनले आह्वान गरे ।

यसैबीच देश व्यापी आर्थिक मन्दिको दिर्घकालिन असरले आर्थिक लगायत वित्तीय क्षेत्रमा ठूलो संकटको सिर्जना भैरहेको अवस्थामा पनि सहकारीलाई सबल राख्न सक्नुनै महत्वपूर्ण रहेको सहभागीहरुले बताएका छन् । सो अवसरमा बोल्दै बुटवल-७ का वडा अध्यक्ष पदमराज गाहाले सहकारीले देखाएको मानवीय भाव र सहयोगप्रति प्रशंसा व्यक्त गर्दै यसैगरी संस्थालाई पनि सक्रिय बनाएर अघि बढाउन सुझाव दिए । सहकारी नीति र पद्दती अनुसार अघि बढ्न सुझाब दिँदै उनले मुलुकका धेरै सहकारीहरु आर्थिक अपचलन गर्दा संकटमा परिरहेको बताउँदै संस्था र सदस्यहरुको हित अनुरुप चल्नु पर्नेमा जोड दिए ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष हिरा बहादुर केसीले सहकारीलाई सबल बनाउनका लागि शेयर सदस्यहरुलाई आधारभुत सहकारी शिक्षा सञ्चालन  गरिनुका साथै सञ्चालक समिति, लेखा समिति, उप समिति तथा कर्मचारीहरुलाई क्षमता अभिवृद्धि, नेतृत्व विकास लगायतका कार्यक्रमहरु सञ्चालन गरिएको जानकारी दिए ।

वि.स. २०६६ सालमा स्थापना भएको सहकारीमा ३३३ जना महिला तथा २७५ जना पुरुष गरि ६०८ जना सदस्यहरु रहेको कोषाध्यक्ष केसीले जानकारी दिए । ६६ लाख ३३ हजार ४ सय शेयर पूँजी रहेको सहकारीमा ३४ करोड ३३ लाख ५४ हजार २९४ बचत संकलन भएको भने ३ करोड ३८ लाख २४ हजार ८८७ लगानी भई ६ हजार ५६५ जगेडा रहेको लेखा समिति संयोजक अनिल भण्डारीले जानकारी दिए । संस्थाले उत्पादन मूलक, सेवा मूलक, वित्तीय तथा उपभोग र श्रम वा सीपमा आधारित स्वरोजगारका सेवा सञ्चालन गर्दै आएको सहकारीका शिक्षा उप शाखा संयोजक बिकास बस्नेतले जानकारी दिए । सो कार्यको लागि शेयर सदस्यलाई प्रोत्साहन गर्ने र सोही प्रकारका कार्यमा संघ संस्थासँग सहकार्य गर्नको लागि निरन्तरता दिइएको उल्लेख गरे ।

वार्षिक उत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै जागृत बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण पोखरेल, सन्दुक बचत तथा ऋण सहकारीका अध्यक्ष सोम खाती, पुष्प बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष कल्पना थापा लगायतले बल्दै सहकारीहरुमा देखिएका व्याप्त बेथिती अन्त्य गर्न आवश्यक रहेकोमा जोड दिए । कार्यक्रम उपाध्यक्ष ललिता वंशी ठकुरीको स्वागत तथा सचिव सुधन अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ३ : ०६ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको