१४ पुस २०८२, सोमबार | December 29, 2025

भूकम्पबाट घाइते भएका ३८ जनाको नेपालगन्जमा उपचार जारी, मध्यराति ५ जनाको सफल शल्यक्रिया



नेपालगन्ज । जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार मध्यराति गएको भूकम्पमा परि घाइते भएका मध्य ३८ जनाको नेपालगन्जमा उपचार जारी रहेको छ । गए मध्यराती १ बजे ६ जना घाइतेलाई नेपालगन्ज ल्याइएसँगै नेपालगन्जमा उपचाररत घाइतेको संख्या ३८ पुगेको हो ।

मध्यराति १ बजे भेरी नगरपालिकाका २ जना र सानीभेरी रुकुमका ४ जना घाइतेलाई नेपालगन्ज ल्याइपुर्याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।

भेरी अस्पतालमा उपचाररत मध्य ५ जनाको मध्यराती १२ बजे सम्म शल्यक्रिया गरिएको र उपचाररत सबैको अवस्था सुधारोन्मुख रहेको पनि प्रजिअ पोखरेलले बताए । उनका अनुसार बाँके ल्याइएका मध्य १ जनाको भने मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । उनलाई पनि भेरीमा ल्याउने तयारी गरिएको पोखरेलले बताए ।

१ जना घाइतेको भने शुक्रबार नेपालगन्ज ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो । उनको शवलाई आज बिहान जाजरकोट पठाइएको प्रजिअ पोखरेलले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ८ : १९ बजे

सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’

काठमाडौँ । सर्वोच्च अदालतमा सरकार र जेनजी पुस्ताबीच भएको १०

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये

भदौ २३ को नैतिक जिम्मेवारी लिन्छु, २४ गतेको घटना नियोजित षड्यन्त्र हो : रमेश लेखक

भदौ २३ को नैतिक जिम्मेवारी स्वीकार्छु, भदौ २४ को घटना

जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले दिए ६ पृष्ठको लिखित बयान (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जाँचबुझ