६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

भूकम्पबाट घाइते भएका ३८ जनाको नेपालगन्जमा उपचार जारी, मध्यराति ५ जनाको सफल शल्यक्रिया



नेपालगन्ज । जाजरकोट केन्द्रबिन्दु बनाएर शुक्रबार मध्यराति गएको भूकम्पमा परि घाइते भएका मध्य ३८ जनाको नेपालगन्जमा उपचार जारी रहेको छ । गए मध्यराती १ बजे ६ जना घाइतेलाई नेपालगन्ज ल्याइएसँगै नेपालगन्जमा उपचाररत घाइतेको संख्या ३८ पुगेको हो ।

मध्यराति १ बजे भेरी नगरपालिकाका २ जना र सानीभेरी रुकुमका ४ जना घाइतेलाई नेपालगन्ज ल्याइपुर्याइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।

भेरी अस्पतालमा उपचाररत मध्य ५ जनाको मध्यराती १२ बजे सम्म शल्यक्रिया गरिएको र उपचाररत सबैको अवस्था सुधारोन्मुख रहेको पनि प्रजिअ पोखरेलले बताए । उनका अनुसार बाँके ल्याइएका मध्य १ जनाको भने मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । उनलाई पनि भेरीमा ल्याउने तयारी गरिएको पोखरेलले बताए ।

१ जना घाइतेको भने शुक्रबार नेपालगन्ज ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो । उनको शवलाई आज बिहान जाजरकोट पठाइएको प्रजिअ पोखरेलले बताए ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ८ : १९ बजे

‘सहिदको बलिदानले उज्यालिएको प्रजातन्त्रको नयाँ बिहानी’

काठमाडौँ । मुलुकमा १०४ वर्षे जहानियाँ एकतन्त्रीय राणाशासन अन्त्य गर्ने

लोकतन्त्रका आधार नै युवा पुस्ता हुन् : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ । सर्वप्रथमतः लोकतन्त्र दिवसका पावन अवसरमा स्वदेश तथा विदेशमा

साके एन्ड फेङ्गमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक

काठमाडौ । लाजिम्पाटस्थित होटल ले हिमालयको रहेको पान–एशियन फाइन डाइनिङ

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । आज स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला

नेपालगन्ज । बाँकेका सीमावर्ती पसलमा नेपाल सरकारले प्रतिबन्ध लगाएको भारतीय