७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

भूकम्पका घाइतेका लागि नेपालगन्जमा धमाधम रक्तदान गरिँदै, ९३ पिन्ट रगत संकलन



नेपालगन्ज । जाजरकोटलाई केन्द्रविन्दु बनाएर गत शक्रबार राती गएको भूकम्पमा परी घाइते भएकाहरुको उपचारलाई लक्षित गर्दै नेपालगन्जमा रगत संकलन अभियान थालिएको छ ।

नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्त सञ्चार केन्द्र बाँकेको आयोजनामा भएको रक्तदान कार्यक्रममा आज बिहान सम्ममा ९३ पिन्ट रगत संकलन भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठले बिरामीको लागि आबश्यक परेमा रगतको अभाव नहुने जानकारी दिए । उनका अनुसार संकलन भएको रगत सहित रक्त सञ्चार केन्द्रसँग २४० पिन्ट रगत स्टक रहेको छ ।

बिरामीलाई आवश्यक परेका बेला तुरुन्त रगत उपलब्ध गराउन सकिने गरि पूर्व तयारी गरेर रगत संकलन गरिएको रक्त संचार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले बताए । उनले तत्कालका लागि रगत अभाव नहुनेगरि स्टक गरिएको बताए ।

भूकम्पका घाइतेहरुको नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ३ : ०३ बजे

पूर्व अर्थमन्त्रीहरूको सुझाव : ‘महत्त्वाकांक्षी होइन, कार्यान्वयनमुखी बजेट ल्याउनुस्’

आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा पुगेका अर्थमन्त्री डा.

प्रधानमन्त्रीलाई भेटेपछि विपक्षी विरुद्ध सभामुख आक्रमक, अवरोधकै बीच बैठक अघि बढाए

काठमाडौं । विपक्षी दलहरुले संसदमा प्रधानमन्त्री उपस्थित भएर सांसदहरुले उठाएका

जब फेवातालमा डुङ्गा पल्टियो…

पोखरा । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए

प्रधानमन्त्रीलाई भेटे सभामुख अर्यालले

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन्

मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी