नेपालगन्ज । जाजरकोटलाई केन्द्रविन्दु बनाएर गत शक्रबार राती गएको भूकम्पमा परी घाइते भएकाहरुको उपचारलाई लक्षित गर्दै नेपालगन्जमा रगत संकलन अभियान थालिएको छ ।
नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्त सञ्चार केन्द्र बाँकेको आयोजनामा भएको रक्तदान कार्यक्रममा आज बिहान सम्ममा ९३ पिन्ट रगत संकलन भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठले बिरामीको लागि आबश्यक परेमा रगतको अभाव नहुने जानकारी दिए । उनका अनुसार संकलन भएको रगत सहित रक्त सञ्चार केन्द्रसँग २४० पिन्ट रगत स्टक रहेको छ ।
बिरामीलाई आवश्यक परेका बेला तुरुन्त रगत उपलब्ध गराउन सकिने गरि पूर्व तयारी गरेर रगत संकलन गरिएको रक्त संचार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले बताए । उनले तत्कालका लागि रगत अभाव नहुनेगरि स्टक गरिएको बताए ।
भूकम्पका घाइतेहरुको नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।



















प्रतिक्रिया