२५ माघ २०८२, आइतबार | February 8, 2026

गैरआवासीय नेपालीसम्बन्धी विधेयक संकुचित छ : उपाध्यक्ष डा. शर्मा



लन्डन । गैर आवासीय नेपाली संघका उपाध्यक्ष डा हेम राज शर्माले कानून मन्त्रालयले तयार गरेको गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा मस्यौदा धेरै संकुचित रहेको बताएका छन् ।

ब्रिटेन नेपाल लयर्स एसोसियशनद्वारा आइतबार जूमद्वारा आयोजित अन्तर क्रिया लाई सम्बोधन गर्दै उपाध्यक्ष शर्माले उक्त मस्यौदामा प्रशासनिक अधिकार केही पनि नरहेको र एनआरएनहरुलाई कुनै पनि किसिमको जागिर खान प्रतिबन्ध लगाईएको बताए। ‘राष्ट्रिय परिचय पत्र पाउने कि न पाउने जस्ता कुराहरु अस्पष्ट छन्। तिनलाई स्पष्ट पार्न जरुरी छ’, उनले भने।

गैर आवासीय नेपालीहरुले पाउने भनेको सामाजिक, आर्थिक र संस्कृतिक अधिकार भनेको के हो भन्ने परिभाषा हुन बाँकी रहेको पनि शर्माले बताए ।

अहिले प्रस्तावित ऐनमा अष्ट्रेलिया, अमेरिका, युके जस्तो देशमा बसोबास गर्ने नेपालीले नागरिकता त्याग्नु पर्दैन तर तर जर्मनीमा एनआरएन नागरिकता लिन सक्ने अवस्था छैन। एनआरएन कार्ड लिनु पर्ने अवस्था छ। ‘त्यसैले नेपालले एनआरएन नागरिकता वा एनआरएन कार्ड लिने दुवैलाई समान व्यवहार गर्नु पर्छ, त्यो कुरा उठाउँ। हामी अभियानमा झगडा गरे पनि समग्र एनआरएनको हितका लागि हामी संगै छौं’, डा शर्माले भने।

कार्यक्रममा बोल्दै लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक सूर्य प्रसाद सुवेदीले गैरआवासीय नेपाली नागरिकता पूर्ण न भएता पनि त्यसलाई ग्रहण गर्दै अगाडी बढ्न सुझाव दिए। उनले गैरआवासीय नेपाली संघको चालु विवाद देखेर आफु दुखी भएको पनि बताए ।

एनआरएनएका निवर्तमान अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता प्राप्तीका लागि एनआरएनएले धेरै मेहनत गर्नु परेको उल्लेख गर्दै नेपाली नागरिकका बीचमा भेदभाव हुनुहुँदैन भन्नेमा आफू प्रतिवद्ध रहेको बताए । गैरआवासीय नेपालीको नागरिकता वितरण शुरु भए पनि धेरै पाटाहरूमा छलफल जरूरी रहेको उनले बताए ।

अधिवक्ता गोविन्द बेल्बासेले विदेशबाट गैरआवासीय नागरिकता लिनका लागि हालसम्म प्रष्ट व्यवस्था नभएको अनुभव सुनाउँदै गैरआवासीय नेपाली नागरिकतालाई अरू कानुनले कसरी चिन्छ भन्नेमा आशंका व्यक्त गरे । अध्यागमन ऐनले गैरआवासीय नागरिकतालाई नचिनेमा गैरआवासीय नेपाली नागरिकता लिएकाहरूलाई विमानस्थलमा झमेला हुनसक्ने उनले संकेत गरे ।

एनआरएन अभियन्ता योगेन क्षेत्रीले वंशजको नागरिकताको निरन्तरताका लागि प्रवासी नेपालीहरू लाग्नु पर्ने सुझाव दिए । गैरआवासीय नेपाली संघका मानिसहरूले कुरै राम्रोसित नबुझी नागरिकता लिएको उनको आरोप थियो ।

गैरआवासीय नेपाली संघ युकेका पूर्व संरक्षक शेर सुनारले प्रवासी नेपालीहरूलाई होडबाजीको पछि लागेर होइन राम्ररी बुझेर मात्र गैरआवासीय नेपाली नागरिकता लिन आग्रह गरे ।

ब्रिटेन नेपाल लयर्स एसोसिएसनका पूर्व अध्यक्ष ब्यारिष्टर देवेन्द्रसिंह श्रेष्ठले गैरआवासीय नेपाली नागरिकता सम्बन्धी कानुनमा प्रष्टता ल्याउन अभियानकर्मीले जोड दिनुपर्ने सुझाव दिए ।

एसोसिएनका उपाध्यक्ष सोलिसिटर उत्तरमान तिगेलाले नेपाली नागरिकता ऐनको दफा १० हटाउन प्रवासी नेपालीहरूको अबको अभियान केन्द्रीत हुनुपर्ने आवश्यकता औँल्याए ।

गोरखा सत्याग्रह संयुक्त अभियानका संयोजक कृष्णबहादुर राईले आफूहरूले पूर्व गोरखाहरूको नागरिकताको निरन्तरताका लागि अदालतमा मुद्दा दायर गर्न लागेको र यदि त्यसमा सफलता पाएमा त्यसले गैरआवासीय नेपालीहरूलाई फाइदा नै पुर्याउने बताए ।

एसोसिएसनका अध्यक्ष सोलिसिटर दीपक भट्टराईको अध्यक्षता गरेको सो कार्यक्रममा एसोसिएनकी सचिव सोलिसिटर जिनिता पन्धाकले स्वागत गरेकी थिइन् ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ११ : ०८ बजे

सुदुरपश्चिम प्रदेशसभामा नेकपाको समायोजन

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय

पाकिस्तान-नेपाल मैत्री टी-२० क्रिकेट प्रतियोगिता २०२६ सुरु, १२ टोलीको सहभागिता

काठमाडौं । पाकिस्तान–नेपाल मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजित

इंग्ल्याण्डविरुद्ध नेपाल दबाबमा, कुशल भुर्तेल दोस्रो विकेटका रूपमा आउट

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत जारी खेलमा नेपालले अहिले