४ पुस २०८२, शुक्रबार | December 20, 2025

बङ्गलादेशसँग श्रीलङ्का ३ विकेटले पराजित



काठमाडौं । भारतमा जारी आईसिसी एकदिवसीय विश्वकपमा बंगलादेशले श्रीलंकाविरुद्ध तीन विकेटको जित निकालेको छ । सोमबार नयाँदिल्लीस्थित अरुण जेट्ली क्रिकेट रंगशालामा श्रीलंकाले प्रस्तुत गरेको २८० रनको लक्ष्य बंगलादेशले ४१.१ ओभरमा सात विकेट गुमाएर भेट्टायो ।

बंगलादेशको जितमा नज्मुल हसन सान्तोले ९० रन बनाए । उनले १०१ बलमा १२ चौकाको प्रहार गरे । कप्तान साबिक अल हसनले ६५ बलमा १२ चौका र दुई छक्कासहित ८२ रन जोडे । यस्तै, लिटोन दासले २३, महमुदुल्लाहले २२, ताविद हृदयले अविजित १५ र मुस्फिकर रहिमले १० रन बनाए ।

श्रीलंकाका दिलशन मदुसनकाले तीन विकेट लिए । एन्जेलो म्याथ्युज र महेश तिक्क्षणाले समान दुई विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङमा आएको श्रीलंकाले ४९.३ ओभरमा सबै विकेट गुमाएर २७९ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका चरिथ अस्लंकाले १०५ बलमा ६ चौका र पाँच छक्कासहित १०८ रन बनाएका थिए । यसैगरी पाथुम निसन्का र सदिरा समराविक्रमाले समान ४१ थपे । धनन्नजय डि सिल्भाले ३४, महेश तिक्क्षणाले २६ र कप्तान कुशल मेन्डिसले १९ रन बनाए ।

बंगलादेशका तान्जिम हसन साकिबले तीन विकेट लिए । सोरिफुल इस्लाम र साकिब अल हसनले समान दुई तथा महदी हसन मिराजले एक विकेट लिए ।

जितसँगै सेमिफाइनल दौडबाट बाहिरिसकेको बंगलादेशले आठ खेलमा चार अंक जोडेको छ । समान खेलबाट चार अंक नै जोडेको श्रीलंकाको पनि यो हारसँगै सेमिफाइनल सम्भावना समाप्त भएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ७ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको