२३ चैत्र २०८२, सोमबार | April 6, 2026

बङ्गलादेशसँग श्रीलङ्का ३ विकेटले पराजित



काठमाडौं । भारतमा जारी आईसिसी एकदिवसीय विश्वकपमा बंगलादेशले श्रीलंकाविरुद्ध तीन विकेटको जित निकालेको छ । सोमबार नयाँदिल्लीस्थित अरुण जेट्ली क्रिकेट रंगशालामा श्रीलंकाले प्रस्तुत गरेको २८० रनको लक्ष्य बंगलादेशले ४१.१ ओभरमा सात विकेट गुमाएर भेट्टायो ।

बंगलादेशको जितमा नज्मुल हसन सान्तोले ९० रन बनाए । उनले १०१ बलमा १२ चौकाको प्रहार गरे । कप्तान साबिक अल हसनले ६५ बलमा १२ चौका र दुई छक्कासहित ८२ रन जोडे । यस्तै, लिटोन दासले २३, महमुदुल्लाहले २२, ताविद हृदयले अविजित १५ र मुस्फिकर रहिमले १० रन बनाए ।

श्रीलंकाका दिलशन मदुसनकाले तीन विकेट लिए । एन्जेलो म्याथ्युज र महेश तिक्क्षणाले समान दुई विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङमा आएको श्रीलंकाले ४९.३ ओभरमा सबै विकेट गुमाएर २७९ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका चरिथ अस्लंकाले १०५ बलमा ६ चौका र पाँच छक्कासहित १०८ रन बनाएका थिए । यसैगरी पाथुम निसन्का र सदिरा समराविक्रमाले समान ४१ थपे । धनन्नजय डि सिल्भाले ३४, महेश तिक्क्षणाले २६ र कप्तान कुशल मेन्डिसले १९ रन बनाए ।

बंगलादेशका तान्जिम हसन साकिबले तीन विकेट लिए । सोरिफुल इस्लाम र साकिब अल हसनले समान दुई तथा महदी हसन मिराजले एक विकेट लिए ।

जितसँगै सेमिफाइनल दौडबाट बाहिरिसकेको बंगलादेशले आठ खेलमा चार अंक जोडेको छ । समान खेलबाट चार अंक नै जोडेको श्रीलंकाको पनि यो हारसँगै सेमिफाइनल सम्भावना समाप्त भएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ७ : २६ बजे

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव