१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बुटवलका मेयर पाण्डे एकलौटी रुपमा अघि बढ्न खोजेको भन्दै एमाले बुटवलले जनायो आपत्ति



बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले एकलौटी रुपमा नगर सरकारलाई चलाउन खोजेको भन्दै एमाले बुटवल उपमहानगर कमिटीले गम्भीर आपत्ति प्रकट गरेको छ ।

एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवालीले बुधबार एक विज्ञप्ती जारी गर्दै प्रमुख प्रशासकीय अधिकृतलाई गैरकानुनी काममा दवाव दिने र नगरपालिकालाई आफ्नो तजविजीबाट चलाउन खोजेको भन्दै आपत्ती जनाएका छन् ।

“मेयर पाण्डेले संविधान र कानुन विपरित स्थानीय स्वायत्त शासनलाई समेत कुल्चिदै आफ्नो व्यक्तिगत तजविजमा कानुनलाई समेत हातमा लिएर जनविरोधी कार्य गर्दै आइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”–विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मुलुक आर्थिक मन्दीको चपेटामा परिरहेको बेला व्यक्तिगत इगोमा कर्मचारीलाई निष्काशन गरी आफ्ना आफन्तलाई भर्ती गर्न खोजेको, स्थानीय सरकारको बजेट तजविजमा अनुदानबापत वितरण गर्न कार्यकारी प्रमुखलाई दवाव दिएको भन्दै एमालेले विज्ञप्तीमा उक्त कार्यप्रति खेद प्रकट गरिएको छ ।

बहुमतको दम्भको आडमा गरिने असंवैधानिक क्रियाकलापले सिंगो उपमहानगरको विकास निर्माण, आर्थिक समृद्धि र सुशासन धरापमा परेको भन्दै एमालेले आगामी दिनमा यस्ता गतिविधि नगर्न र गरेमा सशक्त प्रतिरोध गर्ने चेतावनी समेत दिएको छ ।

मंगलबार मात्र बुटवलका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद भुसाल र मेयर पाण्डेबीच खटपट परेपछि प्रशासकिय अधिकृत काठमाडौ हिँडेको खबर सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ६ : २९ बजे

चारवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह