१ पुस २०८२, मंगलबार | December 16, 2025

सवारी मालिकको संस्थाबाट सवारी चालकलाई दुर्घटना न्यूनिकरण सम्बन्धि प्रशिक्षण



बुटवल । सवारी दुर्घटना र यसबाट हुने धनजनको क्षती न्यूनिकरण गर्ने उद्देश्यले बुटवलमा चालकहरुलाई प्रशिक्षण दिईएको छ । झण्डै २५ सय बस ब्यबसायीहरु सदस्य रहेको पश्चिम नेपाल बस ब्यबसायी प्रालिले दुर्घटना न्यूनिकरण र सवारी ब्यबस्थापन प्रशिक्षणलाई निरन्तरता दिएको हो ।

प्रशिक्षण कार्यक्रममा दुर्घटना न्यूनिकरणका लागि सवारी चालक तथा सहचालकहरुमा जिम्मेबारी बोधका साथै सकारात्मक सोंचको बिकास हुनुपर्नेमा जोड दिइएको छ । साथै उनिहरुको ब्यबहार र प्रस्तुतीमा पनि सुधार ल्याउनु पर्ने कुरामा सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधीहरुले सुझाव दिएका छन् ।

प्रशिक्षकहरुले चालकहरुलाई समय अनुकुल आवश्यक निति, नियम र ज्ञानसहित उनिहरुको तनाव ब्यबस्थापनतर्फ पनि ध्यान दिनुपर्ने कुरा सुझाएका छन् ।

कार्यक्रममा बोल्दै पश्चिम नेपाल बस ब्यबसायी प्रालिका संचालक नारायण घिमिरेले सवारी दुर्घटना न्यूनिकरण तथा आन्तरिक ब्यबस्थापन सम्बन्धि अभियानलाई निरन्तर जारी राखेको उल्लेख गर्दै चालकहरुको स्वभाव र ब्यबहारमा परिवर्तन ल्याउन सफल भएको दावी गरे ।

प्रशिक्षण कार्यक्रममा राजमार्ग सुरक्षा तथा सवारी ब्यबस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक सोभा पाण्डेले सवारी मानवको जिवनसँग प्रत्यक्ष सरोकार राख्ने सवारी चालकहरू जिम्मेबार हुनुपर्ने कुरामा जोड दिइन् । सवारी चालकहरुले छिटो गन्तब्यमा पुग्ने र धेरै यात्रु चढाउने प्रतिस्पर्धा मात्रै नगरेर गुणस्तरीय चालक बन्ने प्रयास गर्न चालकहरुलाई आग्रह गर्दै निरिक्षक पाण्डेले सवारी सम्बन्धी नियम कानुनहरु पालना गरेमा दुर्घटना न्यूनिकरण हुने दावी समेत गरिन् ।

पश्चिम नेपाल बस ब्यबसायी प्रालिका प्रबन्ध संचालक रामचन्द्र भुसालले सवारी चालक, सहचालक, यात्रुहरु सबै जिम्मेबार भए दुर्घटना न्यूनिकरणमा टेवा पुग्नुका साथै बर्षेनी हुने धनजनको क्षति समेत कमगर्न सकिने बताए । सार्वजनिक सवारी साधन प्रयोगकर्ता सबैपक्ष जिम्मेबार हुनुपर्ने कुरामा जोड दिदै भुसालले नियमनकारी निकायले पनि कतिपय अवस्थामा सामाजिक र ब्यबहारिक पक्षबाट दृष्टिकोण बनाउनु पर्ने बताए ।

कार्यक्रममा संचारकर्मी शरण कर्माचार्यले अधिकांस दुर्घटना ओभरलोडबाट हुने भएको भन्दै जरिवाना रसिद काटेर ओभरलोड सवारी हाल्न दिने चलन रोक्नु पर्ने बताए । चालक तथा सहचालकहरुले यात्रुहरुसँग गर्ने ब्यबहारमा सुधार गर्नुपर्ने जोड दिदै दुर्घटना न्यूनिकरण र सवारी ब्यबस्थापनका लागि नियमनकारी निकाय पनि जिम्मेबार बन्नुपर्ने कुरामा उनले जोड दिए । सवारी चालक तथा सहचालकहरुले आफ्नो सीप कला र दक्षता बढाउनुका साथै यात्रुहरुसँगको ब्यबहारमा सुधार ल्याउनु पर्ने आवश्यकता उनले औल्याए ।

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनीका अध्यक्ष मोहन केसी, सवारी दुर्घटना न्यूनिकरण तथा आन्तरिक ब्यबस्थापन समितिका सचिव जितेन्द्र खत्रीलगाएतले बढ्दो दुर्घटना न्युनिकरण र सरोकारवालाको भुमिकाबारे चर्चा गरेका थिए ।

बिसं २०६६ सालदेखि निरन्तर प्रशिक्षण संचालन गरेको पश्चिम नेपाल बस ब्यबसायी प्रालीले १० हजार ५ सय यातायात मजदुर तथा कर्मचारीहरुलाई रोजगारी प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ९ : ०२ बजे

एमाले ११ औँ महाधिवेशनमा आज मतदान, ओली र पोखरेलबीच अध्यक्ष पदको प्रतिस्पर्धा

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड

काठमाडौं । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं । नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका