४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवलमा नेवार समुदायले मनाए नेपाल सम्वत् ११४४ (फोटो फिचर)



बुटवल । ‘हाम्रो संस्कृति, हाम्रो भाषा, हाम्रो पहिचान सम्पूर्ण नेवारहरु एक हौ’ भन्ने नारासहित बुटवलमा नेवार समुदायहरुले नेपाल सम्वत् ११४४ मनाएका छन् । बुटवलका १५ वटा नेवा समितिहरुको संयुक्त आयोजनामा मंगलबार र्यालीसहित बुटवल बजार परिक्रमा गरी दिवस मनाएका हुन् ।

कुमारी, पंचकन्या, लाखे, बाजागाजा, झाकी र ब्यानरसहित र्याली बुटवल–११ माझगाउँबाट सुरु भई ईट्टाभट्टी, कालिकानगर, होराइजनचोक, देवीनगर हुँदै पुन नेवा सेवा समितिको सचिवालय माझगाउँमै पुगेर समापन गरिएको थियो ।

नेवा: सेवा समिति माझगाउँका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले नेवार समुदायलाई एकतावद्घ गरि नेवा कला, संस्कृतिलाई जगेर्ना गर्दे उद्देश्यका साथ संस्थागत रुपमा कार्यक्रम गरिनु उदाहरणीय भएको बताए । यसैगरी सचिव डिल्लीराम श्रेष्ठले गुठी परम्परा मान्दै आएका नेवार समुदायहरु एक ठाउँमा उभिनु पर्नेमा जोड दिए ।

र्यालीमा नेवा सेवा समिति, श्री नेवा पुच नेवा विकास परिषद, भिमसेन नेवा: समाज, तिलोत्तमा नेवा: मयजू खल, नेवा: मिसादवु बुटवल, नेवा: समाज अर्घाखाँची रुपन्देही, नेवा पुच दिपनगर, नेवा: पुच तामनगर, नेवा: पुच बुटवल ११, भिद्य नेवा: समाज रानीगञ्ज, बुटवल नेवा: समाज, नेवा: सेवा समिति बुटवल, गणेश नेवा: समाज मझगाउ, नेवा: संस्कृति संरक्षण समिति देवीनगर र भिन्धो नेवा: पुचको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  १० : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको