५ चैत्र २०८२, बिहिबार | March 19, 2026

कोहलपुरमा धारिलो हतियार प्रहारबाट एकजना गम्भीर घाइते



कोहलपुर । बाँकेको कोहलपुरमा मध्यराती धारिलो हतियार प्रहारबाट एकजना गम्भिर घाइते भएका छन् । कोहलपुर स्थित चप्परगौडीका २८ वर्षिय कृष्ण भनिने मिन बहादुर विकमाथि बिहीबार बिहान साढे तीन धारिलो हतियार प्रहार गरिएको हो ।

धारिलो हतियार प्रहारबाट गम्भिर घाइते भएका विकलाई नेपालगन्ज मेडिकल कलेज लगिएकोमा उपचार सम्भव नभएपछि लखनउ रिफर गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।

मिन बहादुरलाई बिहान साढे तीन बजेको समयमा उनको घर नजिकै पछाडिबाट अज्ञात व्यक्तिले टाउको सहीत शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ । स्थानीयको सहयोगमा प्रहरीले घाइते विकलाई कोहलपुर मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो ।

प्रहरीले घटनाको अनुसन्धान गर्दै धारिलो हतियार प्रहार गर्ने व्यक्तिको खोजीकार्य तिब्र पारेको जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ९ : २८ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर