२७ भदौ २०८३, शनिबार | September 12, 2026

एमालेले बोलायो विशेष बैठक, अध्यक्ष ओलीले सम्बोधन गर्ने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले विशेष बैठक बोलाएको छ । मसिंर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने गरी विशेष बैठक बोलाएको हो ।

बैठकमा जनसंगठनका पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई बोलाइएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । बैठकमा पछिल्लो राजनीतिक गतिविधि र युवासंघको आयोजनामा हुने मंसिर ७ गतेको कार्यक्रमको बारेमा छलफल हुनेछ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघले आगामी मंसिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाडौंमा जनप्रदर्शन गर्दैछ ।

मुलुकमा सरकार भएको अनुभूति नभएको र दण्डहीनताले सीमा नाघेको भन्दै युवासंघले प्रदर्शन गर्न लागेको युवा संघका प्रवक्ता निरोज पौड्यालले जानकारी दिए । उनले माफियागिरी, सामाजिक सदभाव भड्काउने एवं धार्मिक सहिष्णुता भत्काउने आपराधिक गतिविधिविरुद्ध प्रदर्शन गर्न लागिएको जनाए ।

सामाजिक अभियन्ता दुर्गा प्रसाईंले पनि सोही दिन काठमाडौंमा प्रदर्शन गर्ने तयारी गरेका छन् । पछिल्लो समय प्रसाईंका गतिविधिविरुद्ध युवा संघ विरोधमा उत्रिएको छ ।

 

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १० : ११ बजे

नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै

काभ्रे । चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म काठमाडौं

पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

धादिङको परेवाटार-मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला

धनगढी । छाडा पशुचौपायाको व्यवस्थापनको लागि सञ्चालनमा रहेको कैलालीको धनगढी

आम्दानीको स्रोत बन्यो रातो च्याउ

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा