१५ बैशाख २०८१, शनिबार | April 27, 2024

पुरानै विधिमा तस्कर फर्कंदा गैँडा संरक्षणमा चुनौती



चितवन । दुर्लभ एकसिङ्गे गैँडाको प्रमुख बासस्थान चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा गैँडा तस्करले धरापमा पारेर मारेका छन् । दुवै गैँडा खाल्टोमा परेर मरेका हुन् ।

विगत लामो समयदेखि तस्करले खाल्टो खनेर गैँडा धरापमा पारेका थिएनन् । करिव बीस वर्षअघि यसरी गैँडा मार्ने गरिएकामा पछिल्ला वर्षहरुमा गोली हानेर, करेन्ट लगाएर तस्करहरुले गैँडा मार्दै आएका थिए । निकुञ्जभित्र खाल्टो खनी धरापमा पारेर गैँडा मार्न थालेपछि निकुञ्जको सुरक्षामाथि प्रश्न उठ्न थालेको छ । खाल्टो खनेर धराप बनाउन समय लाग्ने भएकाले लामो समय तस्कर निकुञ्जभित्र बसेकोे यस घटनाले देखाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रको बडेला खोला नजिकै दुईवटा खाल्टामा गैँडालाई धरापमा पारेर मारिएको थियो । छ र १८ वर्षका पोथी गैँडा मरेको अन्दाजी तीन र दस दिनमा फेला परेको निकुञ्जको अनुमान रहेको छ । उनका अनुसार नजिकै अर्को खाडल पनि भेटिएको छ । पाँच सय मिटर वरपर हेर्दा थप खाल्डा भने भेटिएनन् । तस्करले खाल्टाको माटो केही पर लगेर फालेको देखिएको छ । कोदालो, गैँचीजस्ता साधन प्रयोग गरेर खाल्टो खनिएको अनुमान गरिएको छ । खाग लगेर खुर छाडिएको छ ।

सोही क्षेत्रमा निकुञ्जले चाडपर्वको समयमा गस्ती बढाएको जनाएको थियो बिहीबार दुई मृत गैँडा भेटिँदा सोही क्षेत्रमा ५२ औँ दिनसम्म नियमित हात्तीको गस्ती थियो । दसवटा हात्तीमा निकुञ्ज सुरक्षार्थ नेपाली सेना र निकुञ्जका कर्मचारीले पूर्वी क्षेत्रमा गस्ती गरिरहँदा पनि दसैँ र तिहारको बीचको समयमा तस्करहरुले खाल्टोमा पारेर गैँडा मारेका हुन् । यो विधि प्रयोग गर्न समय लाग्ने सूचना अधिकारी तिवारीले बताए। उनको भनाइमा तस्करले गैँडाको बाटो पहिचान गरी खाल्टो खनेर नजिकैबाट चियो गरेको देखिन्छ । गैँडा मरेपछि खाग काटेर लगेका हुन् । यो लामो समयसम्म निकुञ्जभित्र रहेर तस्करले निर्धक्कसँग गैँडा मारेको पाइएको छ । सो क्षेत्रमा रहेका गैँडामध्ये १२ वटा बाढीले बगाएकाले भारतीय भूमिमा पुगेर उद्धार गरी ल्याइएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले तस्करले पुरानो विधि प्रयोग गरेको पाइएको र यसले सुरक्षामा चुनौती थपिएको बताए । निकुञ्ज प्रशासनले यो घटनालगत्तै रणनीतिक हिसाबले अनुसन्धान थालेको र तस्कर पक्राउ गर्ने जिकिर गर्दै उनले तत्काल पूरै निकुञ्ज ‘स्वीप’ गरिने जानकारी दिनुभयो ।

निकुञ्जका सबै क्षेत्रमा पुग्नेगरी गस्ती बढाइने प्रमुख संरक्षण अधिकृत पुनको भनाइ थियो । कतिपय यस्ता घटना थाहै नहुने भन्दै उनले घटना भएको तेस्रो दिन गस्ती टोली पुगेको पनि बताए। निकुञ्जभित्र यतिबेला बाक्लो झाडी भएकाले नजिकै पनि देख्न मुस्किल हुन्छ । प्रमुख संरक्षण अधिकृत पुनले भने, “सुरक्षामा चुनौती थपिएको छ । हामी यसलाई गम्भीररुपमा लिएर रणनीतिक हिसाबले काम गर्छांै ।”

निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत एवं हालका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालले नयाँ चुनौती थपिएको बताए। बीस÷२५ वर्ष पहिले तस्करले प्रयोग गरेको विधि अहिले प्रयोग भएको भन्दै उनले खाल्टो खनुन्जेलसम्म पनि संयन्त्रले थाहा नपाउनु दुःखद् भएको बताए ।

विभाग, नेपाली सेनाको राष्ट्रय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तत्काल छलफल गरेर छानबिन र अनुसन्धान सूक्ष्मढङ्गले अघि बढाउने बताए । समग्र सबै क्षेत्रमा चुनौती देखिएको भन्दै उनले सूष्मरूपमा निकुञ्जभित्र गस्ती गर्नुपर्नेमा जोड दिए। उपमहानिर्देशक ढकालले भन्नुभयो, “निकुञ्जभित्र अरु पनि खाल्टा खनिएको र घटना भएको हुनसक्छ । सूष्म अध्ययन गर्नुपर्छ । समग्र संरक्षणका बिधि पद्धती, तरिकाको समीक्षा गरिनुपर्छ ।” उनले थपे, “विभागले यो घटनालाई गम्भीररुपमा लिएको छ । स्थानीय समुदायसँग सहकार्य बढाएर संरक्षणमा लाग्नुपर्छ ।”

सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३८ वटासम्म गैँडा तस्करले मारेका थिए । पछिल्ला वर्षहरुमा वन्यजन्तु चोरी सिकारी निकै घटेर गएको थियो । कतिपय वर्षहरुमा निकुञ्जले शून्य चोरी सिकार वर्ष मनाएको थियो । गत वर्ष दुईवटा गैँडा सिकारीले मारेका र तस्कर पक्राउ परेका थिए ।  रासस

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १२ : २१ बजे

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम