२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

स्कुटरको ठक्करबाट पैदलयात्रुको मृत्यु



मकवानपुर । मकवानपुरमा स्कुटरको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । धरान–चतरा सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ बाबुचोकमा शुक्रबार साँझ स्कुटरको ठक्करबाट स्थानीय ४३ वर्षीया गोपिनी विकको मृत्यु भएको हो ।

ठूला दमारबाट हटियातर्फ आउँदै गरेको ना२५प ८३५६ नंको स्कुटरले ठक्कर दिँदा पैदलयात्रु स्थानीय ४३ वर्षीया गोपिनी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उनका अनुसार, स्कुटरको ठक्करबाट गम्भीर घाइते विकको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  १० : २१ बजे

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न

किशोर श्रेष्ठको निवासमा मध्यरातमा प्रहरीको छापा, पत्रकारद्वारा विरोध

काठमाडौं । बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं

रोल्पामा पहिरोले घररगोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन बाँकी

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका-५

प्रचण्डद्वारा पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार