१५ मंसिर २०८०, शुक्रबार | December 2, 2023

माइतीघरमा निषेधआज्ञा लागेपछि महेश बस्नेतले तिनकुनेमा कार्यक्रम गर्ने



काठमाडौं । माइतीघर मण्डलामा कार्यक्रम गर्न नपाउने भएसँगै नेकपा एमालेका नेता महेश बस्नेतले तीनकुनेमा कार्यक्रम आयोजना गरिने बताएका छन्।

नेपाल सरकारले सुरक्षाको कारण माइतिघरदेखि बानेश्वरसम्मको क्षेत्रमा सभा सम्मेलन गर्न नदिने निर्णय गरेसँगै मंसिर ७ गते ११ बजे हुने युवा संघ र अखिलको विषेश कार्यक्रम तीनकुनेमा गरिने उनले सामाजिक सञ्जालमार्फत जनाएका हुन्। युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गरिएको कार्यक्रम उही समयमा तीनकुनेमा सारिएको जनाएका छन् ।

नेकपा एमालेका नेता बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर मण्डलामा कार्यक्रम गर्ने तयारी गरेसँगै मुडभेडको अवस्था निस्कन सक्ने भन्दै प्रशासनले उक्त क्षेत्रलाई निशेधित क्षेत्र घोषणा गरेको छ।

प्रसाई र बस्नेतले एकै दिन कार्यक्रम गर्ने तयारी गरेपछि प्रशासनले काठमाडौंको सुरक्षा व्यवस्थामा पनि कडाइ गर्ने भएको छ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ९ : १६ बजे

सुनको सिक्री लुटने बाराका एक युवक पक्राउ

काठमाडौ । सुनको सिक्री लुटेर भाग्ने पक्राउ परेका छन् ।

एनएसएल: वीरगन्जमाथि चितवनको २-१ को जित

काठमाडौ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत एफसी चितवनले पहिलो

कोप २८ लाई नेपालले अवसरको रुपमा सदुपयोग गर्नुपर्छ : प्रधानमन्त्री

दुबई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन सम्बन्धी संयुक्त

माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौं। माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने ब्यक्ति पक्राउ परेका छन

गाजा अपडेटः इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो

गाजा । इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको