२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

माछा पार्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु



कास्की । पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान र श्रीमतीकोे मृत्यु भएको छ ।

पोखरा महानगरपालिका-२९ पटनेरीस्थित खेतमा पानी लैजाने कुलोमा माछा मार्नका लागि करेन्ट लगाउने क्रममा मुस्ताङ जोमसोम घर भई हाल पटनेरीमा डेरा गरी बस्ने वर्ष ४६ का भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीया सवित्री सुनारको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । सुनार दम्पतीलाई करेन्ट लागेर घाइते भएको सूचनापछि इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी घटनास्थलमा पुगेको थियो ।

प्रहरीले घटनास्थलबाट दुवै जनालाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । मृतक दम्पतीको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८०, मंगलबार  ८ : २२ बजे

शशांकको घोषणा – ‘देउवा नै कांग्रेसका सभापति र नेता हुनुहुन्छ’

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा संस्थापनइतर समूहको राष्ट्रिय भेला

सुकेधारामा संस्थापन इतर कांग्रेसको शक्ति प्रदर्शन, देउवा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय भेला

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त

धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा । रोल्पाको सुनछहरि गाउँपालिका-२ स्थित फलबाङ गाउँमा बिहीबार राति

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपाका खगराज भट्टद्वारा दाबी पेश, आजै शपथ

धनगढी, २९ साउन। । सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेपाली