१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले जनतासँगको सम्बन्ध बलियो बनाउनुपर्छ : विश्वप्रकाश



मोरङ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसबाट विजयी स्थानीय तहका जनप्रतिनिधिले जनतासँगको सम्बन्धलाई बलियो बनाउनुपर्ने बताएका छन् ।

नेपाल डेमोक्रेटिक लयर्स एसोसियशन मोरङद्वारा आज आयोजित प्रदेशस्तरीय स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले स्थानीय निकायका कांग्रेसका तीन सय ३२ प्रमुखले सङ्गठित रुपमा जनताको कार्य गरी पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् ।

महामन्त्री शर्माले लोकतान्त्रिक प्रणालीप्रतिको जनताको विश्वासलाई घनीभूत बनाउन जनप्रतिनिधिहरुको ठूलो भूमिका रहेको बताए । उनले स्थानीय निकायले प्राप्त अधिकारलाई सतर्कताका साथ नागरिकको हितका लागि प्रयोग गर्न आग्रह गरे ।

महामन्त्री शर्माले लोकतान्त्रिक शासन व्यवस्थामा सडकमा प्रदर्शन गर्न पाउनु नै सबैभन्दा सुन्दर पक्ष भएको चर्चा गर्नुभयो । उनले अहिले सबैको ध्यान मुख्य रुपमा भूकम्पबाट पीडितका लागि अस्थायी टहरा निर्माण एवं न्यानो कपडा व्यवस्थाका लागि केन्द्रित हुनुपर्ने बताए।

पार्टीका केन्द्रीय सदस्यत्रय डा डिला सङ्ग्रौला, सरिता प्रसाइ र भीम पराजुलीले लोकतन्त्रको जग स्थानीय तह भएकोले जनप्रतिनिधिलाई कानुनी अड्चनका विषयमा जानकारी दिनुपर्ने सुझाव दिए ।

कोशी प्रदेशसभा सदस्य हिमाल कार्की, कांग्रेसका मोरङ उपसभापति भक्ति माझी, गुरु घिमिरे, वरिष्ठ अधिवक्ता भरतबहादुृर थापा, समूहका मोरङ अध्यक्ष डिल्लीप्रसाद दाहाल, कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही, केन्द्रीय उपाध्यक्ष कविता बस्नेतले स्थानीय तहको कानुन समस्या समाधान गर्न कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

अन्तरक्रियामा प्रदेशका स्थानीय तहमा कांग्रेसबाट विजयी प्रमुख, उपप्रमुखको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ७ : ४७ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको

नेटवर्क नक्शामा पुरै जम्मुकाश्मिरलाई पाकिस्तानमा राखेपछि वायुसेवा निगमले माग्यो माफी

काठमाडौं। नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको नेटवर्क नक्सामा

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट