३ श्रावण २०८३, आइतबार | July 19, 2026

‘राजनीति एजेण्डा बन्यो, विकास र उद्यमशीलता एजेण्डा बन्न सकेन’



‘भारतिय पर्यटकलाई नागरिकले पर्यटक नमान्ने र राज्यले दर्जनौ स्थानमा दुःख दिने परिपाटीको अन्त्य हुनुपर्छ ।’ 
नेपालगन्ज । नेपालका चर्चित उद्यमीहरुले नेपालमा राजनीतिक एजेण्डाले स्थान पाएपनि विकास र उद्यमशीलताको एजेण्डा ओझेलमा परेको बताएका छन् । उनीहरुले स्थानीय सरकारसँग उत्पादनको योजना नभएकाले परनिर्भरता बढ्दै गएको भन्दै भएको अवसर पनि उपयोग हुन नसकेको बताएका छन् ।

धारा नेपालगन्ज म्याराथन अन्तर्गत आज आयोजित नेपालगन्ज कनक्लेभमा राखिएको पश्चिम नेपालः उद्यमशीलता, पर्यटन र रोजगारी विषयक बहसमा उद्यमीहरुले राजनीतिक क्षेत्रको चर्चा र सम्मान हुने भएपनि व्यवसायीलाई दोस्रो नागरिककारुपमा हेरिने गरिएको गुनासो गरे । भारतिय पर्यटक पश्चिम नेपालको प्रमुख स्रोत भएपनि उनीहरुलाई पर्यटक नमान्ने चेतनाले पश्चिम नेपालको पर्यटन उद्योग पछि परेको उनीहरुको धारणा रहेको छ । भारतिय पर्यटकलाई नागरिकले पर्यटक नमान्ने र राज्यका अंगहरुले सिमानाकामा दुःख झमेला दिने गरेको ब्यवसायीहरुले टिप्पणी गरे ।

कनक्लेभमा आफ्नो धारणा राख्दै चर्चित व्यवसायिक घराना केएल दुगड ग्रुपका प्रमुख संचालन अधिकृत प्रदिप छाजेडले नेपालगन्जले ड्राईपोर्ट र रेलवे नपाउँदा सम्म पूर्वका उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए । उनले नेपालको आर्थिक समृद्धिको कडी कृषि उत्पादन भएपनि स्थानीय तहसँग कृषि उत्पादनको योजना नभएको बताए । छाजेडले स्थानीय तहले किसानलाई क्रेडिट कार्ड, उत्पादन र बजारिकरणमा अनुदान तथा कृषि उत्पादनको गुरुयोजना गर्न सके मात्र युवाहरुको विदेश पलायन रोक्न सकिने बताए । युवाहरूलाई स्वदेशमै रोक्न स्थानीय सरकार जिम्मेवार बन्नु पर्ने उनको धारणा रहेको छ । उनले अधिकाँस कच्चा पदार्थ तेस्रो मुलुकको भर पर्नु पर्ने अवस्था रहेको उल्लेख गर्दै त्यसैको कारण नेपालगन्जमा उद्योग संचालन गर्दा लागत बढ्न जाने गरेको बताए ।

नेपाल उद्योग परिसंघका कार्यकारी निर्देशक दीपकराज जोशीले नेपालगन्ज पश्चिम नेपालकै पर्यटकिय गन्तब्यको प्रवेश द्वार रहेको उल्लेख गरे । पैसा खर्च गर्न सके नेपालगन्जबाट हेलिकप्टरको यात्रामा २(४ घण्टाको यात्रामा नेपाल र भारतका ५/७ वटा नेशनल पार्क पुग्न सकिने चर्चा गर्दै जोशीले त्यसको वातावरण बनाउन पहल गर्न आवश्यक रहेको बताए। नेपालगन्जमै रहेका चाट, घमान्जा, बिरयानी लगायतको परिकारलाई नेपालगन्जको पहिचान बनाउन सकिने उनको धारणा छ ।

धानगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले नेपालमा राजनिती मात्र एजेन्डा बनेको विकास र उद्यमशिलता एजेन्डा बन्न नसकेको बताए । उनले समाजमा राजनीतिकर्मीको इज्जत हुने भएपनि व्यवसायीलाई दोस्रो नागरिकका दृष्टिले हेरिने गरेको टिप्पणी गरे ।

उनले भारतिय पर्यटकले नेपालमा सुरक्षित महसुस नगर्दा क्षति बेहोर्नु परेको पनि बताए। ‘सेतो छाला मात्र पर्यटक होईन, भारतियहरु पश्चिम क्षेत्रको मुख्य पर्यटक हुन्,’ उनले भने, ‘भारतिय पर्यटकलाई नागरिकले पर्यटक नमान्ने र राज्यले दर्जनौ स्थानमा दुःख दिने परिपाटीको अन्त्य हुनुपर्छ ।’

कार्यक्रमको युवा उद्यमी डा. ओम मिश्राले मोडरेटर गरेका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ९ : १६ बजे

जोर्डनस्थित एयरबेसमा अमेरिकी सेना मारिएपछि अमेरिका-इरान द्वन्द्व थप चर्कियो

जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ

जलबिरेमा दुई बस र ट्रक ठोक्किएपछि अवरुद्ध मुग्लिन–नारायणगढ सडक सुचारु

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–स्थित जलबिरेमा आइतबार बिहान दुई यात्रुवाहक

१५ वर्षदेखि सिंहदरबारमा रोकिएको तुलसी घिमिरेको मानार्थ नागरिकता

काठमाडौं। वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरेलाई मानार्थ नेपाली नागरिकता प्रदान गर्ने

राजमार्ग कब्जा गरेर बसपार्क : जिल्ला प्रहरी कार्यालयकै प्रवेशद्वारमा ट्राफिक अस्तब्यस्त

नेपालगन्ज । नेपालगन्जबाट बर्दिया हुँदै सुदूरपश्चिम प्रदेश जाने सवारी साधनहरुले