२० बैशाख २०८१, बिहिबार | May 3, 2024

‘राजनीति एजेण्डा बन्यो, विकास र उद्यमशीलता एजेण्डा बन्न सकेन’



‘भारतिय पर्यटकलाई नागरिकले पर्यटक नमान्ने र राज्यले दर्जनौ स्थानमा दुःख दिने परिपाटीको अन्त्य हुनुपर्छ ।’ 
नेपालगन्ज । नेपालका चर्चित उद्यमीहरुले नेपालमा राजनीतिक एजेण्डाले स्थान पाएपनि विकास र उद्यमशीलताको एजेण्डा ओझेलमा परेको बताएका छन् । उनीहरुले स्थानीय सरकारसँग उत्पादनको योजना नभएकाले परनिर्भरता बढ्दै गएको भन्दै भएको अवसर पनि उपयोग हुन नसकेको बताएका छन् ।

धारा नेपालगन्ज म्याराथन अन्तर्गत आज आयोजित नेपालगन्ज कनक्लेभमा राखिएको पश्चिम नेपालः उद्यमशीलता, पर्यटन र रोजगारी विषयक बहसमा उद्यमीहरुले राजनीतिक क्षेत्रको चर्चा र सम्मान हुने भएपनि व्यवसायीलाई दोस्रो नागरिककारुपमा हेरिने गरिएको गुनासो गरे । भारतिय पर्यटक पश्चिम नेपालको प्रमुख स्रोत भएपनि उनीहरुलाई पर्यटक नमान्ने चेतनाले पश्चिम नेपालको पर्यटन उद्योग पछि परेको उनीहरुको धारणा रहेको छ । भारतिय पर्यटकलाई नागरिकले पर्यटक नमान्ने र राज्यका अंगहरुले सिमानाकामा दुःख झमेला दिने गरेको ब्यवसायीहरुले टिप्पणी गरे ।

कनक्लेभमा आफ्नो धारणा राख्दै चर्चित व्यवसायिक घराना केएल दुगड ग्रुपका प्रमुख संचालन अधिकृत प्रदिप छाजेडले नेपालगन्जले ड्राईपोर्ट र रेलवे नपाउँदा सम्म पूर्वका उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए । उनले नेपालको आर्थिक समृद्धिको कडी कृषि उत्पादन भएपनि स्थानीय तहसँग कृषि उत्पादनको योजना नभएको बताए । छाजेडले स्थानीय तहले किसानलाई क्रेडिट कार्ड, उत्पादन र बजारिकरणमा अनुदान तथा कृषि उत्पादनको गुरुयोजना गर्न सके मात्र युवाहरुको विदेश पलायन रोक्न सकिने बताए । युवाहरूलाई स्वदेशमै रोक्न स्थानीय सरकार जिम्मेवार बन्नु पर्ने उनको धारणा रहेको छ । उनले अधिकाँस कच्चा पदार्थ तेस्रो मुलुकको भर पर्नु पर्ने अवस्था रहेको उल्लेख गर्दै त्यसैको कारण नेपालगन्जमा उद्योग संचालन गर्दा लागत बढ्न जाने गरेको बताए ।

नेपाल उद्योग परिसंघका कार्यकारी निर्देशक दीपकराज जोशीले नेपालगन्ज पश्चिम नेपालकै पर्यटकिय गन्तब्यको प्रवेश द्वार रहेको उल्लेख गरे । पैसा खर्च गर्न सके नेपालगन्जबाट हेलिकप्टरको यात्रामा २(४ घण्टाको यात्रामा नेपाल र भारतका ५/७ वटा नेशनल पार्क पुग्न सकिने चर्चा गर्दै जोशीले त्यसको वातावरण बनाउन पहल गर्न आवश्यक रहेको बताए। नेपालगन्जमै रहेका चाट, घमान्जा, बिरयानी लगायतको परिकारलाई नेपालगन्जको पहिचान बनाउन सकिने उनको धारणा छ ।

धानगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले नेपालमा राजनिती मात्र एजेन्डा बनेको विकास र उद्यमशिलता एजेन्डा बन्न नसकेको बताए । उनले समाजमा राजनीतिकर्मीको इज्जत हुने भएपनि व्यवसायीलाई दोस्रो नागरिकका दृष्टिले हेरिने गरेको टिप्पणी गरे ।

उनले भारतिय पर्यटकले नेपालमा सुरक्षित महसुस नगर्दा क्षति बेहोर्नु परेको पनि बताए। ‘सेतो छाला मात्र पर्यटक होईन, भारतियहरु पश्चिम क्षेत्रको मुख्य पर्यटक हुन्,’ उनले भने, ‘भारतिय पर्यटकलाई नागरिकले पर्यटक नमान्ने र राज्यले दर्जनौ स्थानमा दुःख दिने परिपाटीको अन्त्य हुनुपर्छ ।’

कार्यक्रमको युवा उद्यमी डा. ओम मिश्राले मोडरेटर गरेका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ९ : १६ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक