१५ बैशाख २०८२, सोमबार | April 28, 2025

साई पुनहरूको वंशावली पुस्तक विमोचन



बुटवल । नेपालका साई पुन मगरहरूको ऐतिहासिक वंशावली पुस्तक शुक्रबार बुटवलमा विमोचन गरिएको छ । नेपाल साई पुन मगर केन्द्रीय समिति, बुटवलको आयोजनामा “साईपुन मगरको ऐतिहासिक बंशवाली पुस्तकको काठमाडौं विश्वविद्यालयका सह-प्राध्यापक डा. लालबहादुर पुन मगर र नेपाल साई पुनमनगर केन्द्रीय अध्यक्ष ओम बहादुरपुन (धु्रव)ले बंशावली पुस्तकको विमोजन गरेका हुन् ।

कार्यक्रममा बोल्दै सह प्रध्यापपक पुनमगरले साँई परिवारको पहिलो बंशावालीले देशभरका साँईपुनमगर परिवारममा एउटा सकारात्मक सन्देश पैदा गरेको बताएका थिए । उनले मगर समुहदाय भित्रको एउटा परिवारको रुपमा रहेको साँईपुनगरको हालसम्म पनि कुनै पनि बंशावली तयार नभएको अवस्थामा लामो समयको अथक प्रायास पछि यसले मुर्तरुप पाएको बताएका थिए ।

कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष ओमबादुर पुनमगरले मगर समुदायको एकता, सहिष्णुता, कर्म सहित पुर्खाहरुको योगदान समेत बंशावली पुस्तकमा समावेश गरिएको बताएका थिए । उनले साँई पुनमगर समुदायको लागि ऐतिहासिक दिन समेत भएको बताएका थिए ।

कार्यक्रममा बांग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले बोल्दै साँई पुुनमगरहरुको एकतामा जोड दिएएका थिए । बंशावली पुस्तक विमोचन कार्यक्रममा रुपन्देहीको कञ्चन गाउँपालिका उप प्रमुख मौसमी पुनमगर,बाग्लुङ्गको बरेङ्ग गाउँपालिका उपाध्यक्ष दिलिप पुन मगर सहित अधिवक्ता गोविन्द पुन लगायतले आ आफ्नो भनाई राखेका थिए । उपाध्यक्ष शुभचन्द्र पुनमगरको स्वागत र सचिव विन्दु पुनमगरको सञ्चालनमा कार्र्यक्रम भएको हो ।

साँई पुनमगरहरुको मुल घर थातथलो बाग्लुङ्ग जिल्ला गल्कोट नगरपालिका वडा न. १० पाण्डवखानीबाट १५, १६ सय सताब्दी तिरबाट बिभिन्न समस्याको कारणहरुले गर्दा आफ्नो थातथलो घरपरिवार, ईष्टमित्र छोडेर बिर्सिएर बसाई सराई गरी अहिले देश विदेशका विभिन्न स्थानमा रहेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ४ : १६ बजे

नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको

आईपीओको यात्रामा पैचो पसल, एनआईसी क्यापिटलसँग सम्झौता

काठमाडौ । एनआईसी एशिया क्यापिटल र पैचो पसलबीच भविष्यमा पैचो

निजी मेडिकल कलेजले माघ २५ देखिकै निर्वाह भत्ता दिनुपर्ने चिकित्सा शिक्षा आयोगको निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको चिकित्सा

प्रचण्डद्वारा बर्दियाका सहिद तथा बेपत्ता परिवारसँग अन्तरक्रिया

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

शिक्षकका मागबारे प्रतिपक्षी दलहरूले संसदमा ल्याए जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं । शिक्षकको मागप्रति सरकार गम्भीर नभएको जिकिर गदैै प्रतिपक्षी