१४ श्रावण २०८३, बिहिबार | July 31, 2026

साई पुनहरूको वंशावली पुस्तक विमोचन



बुटवल । नेपालका साई पुन मगरहरूको ऐतिहासिक वंशावली पुस्तक शुक्रबार बुटवलमा विमोचन गरिएको छ । नेपाल साई पुन मगर केन्द्रीय समिति, बुटवलको आयोजनामा “साईपुन मगरको ऐतिहासिक बंशवाली पुस्तकको काठमाडौं विश्वविद्यालयका सह-प्राध्यापक डा. लालबहादुर पुन मगर र नेपाल साई पुनमनगर केन्द्रीय अध्यक्ष ओम बहादुरपुन (धु्रव)ले बंशावली पुस्तकको विमोजन गरेका हुन् ।

कार्यक्रममा बोल्दै सह प्रध्यापपक पुनमगरले साँई परिवारको पहिलो बंशावालीले देशभरका साँईपुनमगर परिवारममा एउटा सकारात्मक सन्देश पैदा गरेको बताएका थिए । उनले मगर समुहदाय भित्रको एउटा परिवारको रुपमा रहेको साँईपुनगरको हालसम्म पनि कुनै पनि बंशावली तयार नभएको अवस्थामा लामो समयको अथक प्रायास पछि यसले मुर्तरुप पाएको बताएका थिए ।

कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष ओमबादुर पुनमगरले मगर समुदायको एकता, सहिष्णुता, कर्म सहित पुर्खाहरुको योगदान समेत बंशावली पुस्तकमा समावेश गरिएको बताएका थिए । उनले साँई पुनमगर समुदायको लागि ऐतिहासिक दिन समेत भएको बताएका थिए ।

कार्यक्रममा बांग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले बोल्दै साँई पुुनमगरहरुको एकतामा जोड दिएएका थिए । बंशावली पुस्तक विमोचन कार्यक्रममा रुपन्देहीको कञ्चन गाउँपालिका उप प्रमुख मौसमी पुनमगर,बाग्लुङ्गको बरेङ्ग गाउँपालिका उपाध्यक्ष दिलिप पुन मगर सहित अधिवक्ता गोविन्द पुन लगायतले आ आफ्नो भनाई राखेका थिए । उपाध्यक्ष शुभचन्द्र पुनमगरको स्वागत र सचिव विन्दु पुनमगरको सञ्चालनमा कार्र्यक्रम भएको हो ।

साँई पुनमगरहरुको मुल घर थातथलो बाग्लुङ्ग जिल्ला गल्कोट नगरपालिका वडा न. १० पाण्डवखानीबाट १५, १६ सय सताब्दी तिरबाट बिभिन्न समस्याको कारणहरुले गर्दा आफ्नो थातथलो घरपरिवार, ईष्टमित्र छोडेर बिर्सिएर बसाई सराई गरी अहिले देश विदेशका विभिन्न स्थानमा रहेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ४ : १६ बजे

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति