२७ भदौ २०८३, शनिबार | September 12, 2026

एनएसएल फुटबल प्रतियोगिता : वीरगंज युनाइटेड र धनगढी एफसी भिड्दै



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा आज वीरगंज युनाइटेड एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदै छ । धनगढी प्रतियोगिताको साविक उपविजेता हो भने वीरगंजको भने यो ‘डेब्यू’ सिजन हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल अपरान्ह ५ः३० बजेदेखि सुरु हुनेछ । मंसिर ८ गतेदेखि सुरु भएको एनएसएलको दोस्रो संस्करणमा कुल ९ टिमको सहभागिता छ ।

प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगञ्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

एनएसएलको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो । प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानजमेन्टले प्रतियोगिताका लागि साधारणतर्फ ३०० र विशिष्टतर्फ ५०० रुपैयाँ टिकट मूल्य तय गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ९ : १० बजे

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित

मेरो खजुरा

त्यो बिहानले सूर्यको कलिलो किरण मात्रै ल्याएको थिएन भयावह त्रासदी

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी