२२ भदौ २०८३, सोमबार | September 8, 2026

बुटवल उद्योग वाणिज्य संघले गर्यो कार्यसमिति सदस्य मनोनित र परामर्शदाता चयन



बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा कार्यसमिति सदस्य मनोनित गरिएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले विधान बमोजिम मनोनित गर्नुपर्ने कार्यसमिति सदस्य पदमा मनोनित गरिएको हो ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले उद्योग सदस्य पदमा सुरेन्द्रमुनी शाक्य, वाणिज्य सदस्य पदमा नरिश्वर शर्मा पौडेल र कृषि सदस्य पदमा मोह्मद याकुवलाई मनोनित गरिएको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।

त्यस्तै बैठकले परामर्शदाता पनि चयन गरेको छ । राजश्व परामर्शदातामा सीए हरि लम्साल, कानुनी परामर्शदातामा अधिवक्ता बाबुराम पाण्डे, सूचना तथा सञ्चार परामर्शदातामा पत्रकार दामोदर खनाल, पर्यटन परामर्शदातामा पत्रकार महेन्द्र थापा, कृषि परामर्शदातामा प्रदिप शर्मा पौडेल, विमा परामर्शदातामा रमेशबहादुर थापा, पूर्वाधार तथा प्राविधिक परामर्शदातामा ईञ्जिनियर कुशुम ज्ञवाली, आर्थिक परामर्शदातामा नारायण घिमिरे र औद्योगिक क्षेत्र प्रवद्र्धनमा रत्नहरी गौतमलाई चयन गरिएको संघले जनाएको छ ।

त्यसैगरी आन्तरिक समिति पनि चयन गरिएको छ । अन्तर्राष्ट्रिय÷राष्ट्रिय उद्योग तथा व्यापार अनुगमन, ओएसएस, पदपूर्तिमा वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उर्जा उद्योग, रोजगारदाता, अन्तराष्ट्रिय सम्वन्धमा उद्योग उपाध्यक्ष सुरज भट्टराई, कर राजश्व भन्सार तथा स्थानीय तह समन्वयमा वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, सचिवालय तथा कर्मचारी व्यवस्थापन तथा परिचालनमा महासचिव मुक्तिप्रसाद अधिकारी, आर्थिक स्रोत तथा लेखा व्यवस्थापनमा कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, कार्यालयको आन्तरिक तथा कार्यक्रम व्यवस्थापनमा सचिव प्रतिक पोखरेल र व्यवसायिक हित कोष तथा विमामा सहकोषाध्यक्ष धनाकुमारी खनाललाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तैगरी कार्यसमिति सदस्य निर्मित कसजूलाई कार्यशाला तथा तालिम व्यवस्थापन, कार्यसमिति सदस्य बालकृष्ण पौडेललाई उद्योग व्यापार पत्रिका प्रकाशन तथा सार्वजनिक निजी साझेदारी कार्यक्रम व्यवस्थापन र कार्यसमिति सदस्य उमेश अमात्यलाई स्टार्टअप विजनेशको जिम्मेवारी प्रदान गरिएको महासचिव अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ६ : ४९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार