२७ भदौ २०८३, शनिबार | September 13, 2026

सुनको मूल्य निरन्तर उकालो, तोलाकै १ लाख २० हजार नजिक



काठमाडौं । केही दिनयता निरन्तर सुनको भाउ उकालो लागेको छ । गत सोमबारबाट उकालो लागेको सुनको भाउ बुधबारसम्म आइपुग्दा तोलाको १ लाख २० हजार नजिक  पुगेको छ ।

निरन्तर नयाँ रेकर्क बनाउँदै सुनको भाउ बढिरहेको छ । बुधबार १ हजार ६०० रुपैयाँले बढेको सुन तोलामा १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

यसअघि मंगलबार ३०० रुपैयाँले बढेर १ लाख १७ हजार ७०० रुपैयाँ र सोमबार ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ४०० रुपैयाँमा प्रतितोला छापावाला सुनको कारोबार भएको थियो ।

बुधबार तेजाबी सुन तोलामा १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी तोलामा एक हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  १ : २० बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित