७ श्रावण २०८३, बिहिबार | July 23, 2026

नेपालगन्ज उपमहानगरको ‘कम्पलेक्स’ निर्माणकार्य अलपत्र, ठेकेदार सम्पर्कबिहीन



नेपालगन्ज । निर्माण कम्पनी सम्पर्क बिहीन भएपछि नेपालगन्ज उपमहानगरपालिकाको सुविधा सम्पन्न कम्पलेक्सको काम अलपत्र परेको छ । निर्माणको ठेक्का लिएको पूर्णचन्द्र आत्रय निर्माण सेवा (जेभि) कामा बीचमै छाडेर बेपत्ता भएपछि कम्पलेक्स निर्माणको काम अलपत्र परेको हो ।

पटक पटक ठेकेदार कम्पनीसँग सम्पर्क गर्न खोज्दापनि सम्पर्कमा नआएको भन्दै उपमहानगरले ठेक्का तोड्ने तयारी गरिरहेको जनाएको छ । झण्डै ७० प्रतिशत काम सम्पन्न भइसकेपछि ठेकेदार सम्पर्कबिहिन भएको नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर निभेष शर्माले बताए ।

पटक पटक ताकेता गर्दापनि ठेकेदारले बेवास्ता गरेपछि महानगरले ठेकेदारसँगको ठेक्का सम्झौता खारेज गर्ने र ठेकेदार कम्पनीलाई कालोसूचीका लागि सिफारिस गर्ने प्रक्रिया अगाडी बढाईएको उपमहानगर प्रमुख प्रशान्त विष्टले बताए । ‘पुरानो मेयरले दिएको ठेक्कालाई निरन्तरता दिन निकै कोशिश गरियो, तर ठेकेदारले काम गर्ने संकेत गरेन, अव प्रक्रिया पुर्याएर ठेक्का तोडिन्छ र कालो सूचमिा पनि जान्छ ।’ उनले भने ।

२०७८ फागुणमा तत्कालिन नेपालगन्ज्का नगरप्रमुख धवल शम्सेर राणाले कम्पलेक्सको शिलान्यास गरेका थिए । शिलान्यास पछि भवन निर्माणको काम शुरु भई महत्वपूर्ण संरचना तयार भए पनि एक वर्षदेखि काम ठप्प छ ।

नेपालगन्जको ऐतिहासिक पहिचानका रुपमा रहेको नगर भवन अत्याधुनिक निर्माण हुने भन्दै योजना अघि सारिएको थियो । भवनमा अण्डरग्राउण्ड सहितको संरचना तयार भएपनि काम नभएपछि अण्डरग्राउण्डमा पानी भरिएको छ । भेरी अस्पताल रोड टाङ्गा स्टेशन नजिक रहेको पुरानो नगर भवन जीर्ण भएपछि त्यसलाई भत्काएर नयाँ स्वरुपमा निर्माण गर्न लागिएको हो ।

अण्डरग्राउण्ड पार्किङ्ग सुविधा भएको ब्यावसायिक कम्पलेक्स सहितको बहुउद्देश्यीय सभाहलको अवधारणा अनुसार काम अघि बढाइएको थियो ।

उपमहानगरपालिकाले १३ करोडको लागत स्टिमेटमा बेसमेन्ट सहितको ब्यावसायिक कम्पलेक्ससँगै सभाहल निर्माण गर्ने योजना बनाएको भएपनि पहिलो चरणमा चार करोडको लागतमा बेसमेन्ट र ग्राउण्ड फ्लोर निर्माण हुने योजना बनाएको थियो ।

शिलान्यास भएको आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरि आत्रय निर्माण सेवाले निर्माणको जिम्मा पाएको थियो । योजना अनुसार वेसमेन्टबाहेक तीन तल्ले भवन बन्ने योजनामा रहेको छ । तेश्रो तल्लामा ५ सय क्षमताको बहुउद्देश्यीय सभाहल दोश्रो चरणमा निर्माण हुने योजना तयार गरिएको थियो । अहिले पहिलो चरणमा वेसमेन्ट पार्किङ र ब्यावसायिक सटर निर्माण हुने भनिएपनि त्यसतर्फ काम नै शुरु भएको छैन । पार्किङकमा १४ चारपांग्रे सवारी साधन र करिब २५ वटा मोटरसाईकल पार्किङ गर्न सकिने गरि नक्सा बनेको छ । कम्पलेक्ससँगै १९ वटा सटर निर्माण गरिने समेत योजनामा समावेश छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ८ : ०६ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ