४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपाल सुपर लिग : साविक उपविजेता धनगढी र बुटवल लुम्बिनी फुटबल क्लब भिड्दै



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणमा आज साविक उपविजेता धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुँदै छ । आजको खेलमा धनगढी लगातार दोस्रो जितको खोजीमा हुँदा बुटवल पहिलो तीन अंक जोड्ने लक्ष्यमा हुनेछ ।

धनगढीले पहिलो खेलमा वीरगन्ज युनाइटेडलाई २-१ ले हराएको थियो । यता, बुटवल लुम्बिनी भने पहिलो खेलमा ललितपुर सिटी एफसीविरुद्ध २-० ले पराजित भएको थियो ।

एक खेलबाट तीन अंक जोडेको धनगढी तालिकाको चौथो स्थानमा छ । अंकविहीन बुटवल तालिकाको पुछारमा छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यी दुईबीचको खेल साँझ ५ः३० बजेदेखि सुरु हुनेछ ।

मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ । काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगञ्ज एफसी, ललितपुर सिटी एफसी, बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

एनएसएलको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो । प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

 

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ६ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको