३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

३ दिनदेखि मृतक सुत्केरीको शव आम्दा परिसरमा अलपत्र, सहमतिको टुङ्गो छैन



बुटवल । बुटवलको आम्दा अस्पतालमा ३ दिन देखि शवबाहनमा शव अलपत्र अवस्थामा थन्किएको छ । सुत्केरी महिलाको मृत्युपछि उत्पन्न विवाद समाधान नहुँदा अस्पतालको आकस्मिक कक्ष अगाडि ३ दिनदेखि शवसहितको शव बहान अलपत्र अवस्थामा रोकिएको छ ।

विवाद समाधान नहुँदा थन्किएको शव बहानभित्रको शव सडेर दुर्गन्ध आउने अवस्थामा पुगेको एक स्थानीयबासीले बताए । बिना चिस्यान शव गाडीमै राख्दा त्यसबाट सिङ्गो अस्पतालमा प्रदुषण फैलन सक्ने उनले बताए ।

गुल्मीको सत्यवती गाउँपालिका–२ ठूलो लुम्पेक थुम्काकी ३५ वर्षीया भवानी थापाको मँगलबार अस्पतालमा मृत्यु भएपछि उनका आफन्तहरुले उचित क्षतिपूर्तिको व्यवस्था नहुँदासम्म शव नउठाउने अडान लिएपछि अस्पताल अगाडि शववहानमा उनको शव थन्किएको हो।

बुधबार राती अबेरसम्म बसेको बैठक प्रहरी नियन्त्रणमा रहेका व्यक्तिहरुलाई रिहा गर्ने विषयमा कुरा नमिलेपछि निश्कर्षविहिन भएको थियो । बैठक क्षतिपुर्तिको विषयमा सहमति नजिक पुगेपनि सांघातिक आक्रमण गर्नेहरुलाई रिहा गर्ने विषयमा कुरा नमिलेपछि बैठक निश्कर्षविहिन भएको मृतकका आफन्तले बताएका छन् ।

गत मँगलबार राती अस्पताल प्रशासन र मृतकका आफन्त बीच छलफलको क्रममा हातपात हुँदा अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. राजेन्द्र बस्याल घाइते भएपछि प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा रहेका उनीहरुलाई विनाशर्त रिहा गर्नुपर्ने मृतकका आफन्तहरुको मागलाई अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले मान्न तयार नभएपछि सहमति हुन नसकेको हो ।

मृतकका आफन्तहरुले उचित क्षतिपूर्तिका मागसहित प्रहरी नियन्त्रणमा रहेका व्यक्तिहरुलाई बिनासर्त रिहा गर्नुपर्ने माग राख्दै आएका छन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेसहितको उपस्थितीमा बसेको छलफलले कुनै निचोड निकाल्न सकेको छैन ।

बुधबार राती करिब ९ बजेसम्म मृतकका आफन्त, अस्पताल प्रशासन, बुटवल उपमहानगरका प्रमुख, गुल्मी सत्यवती गाउँपालिका प्रमुख तथा प्रदेश सांसद चिन्तामणी पाण्डेय लगायतका व्यक्तिहरु छलफलमा बसेको अस्पतालका प्रशासकीय अधिकृत खगेन्द्र क्षेत्रीले जानकारी दिए । छलफलमा बुटवल उपमहानगरले ५ लाख, सत्यवती गाउँपालिकाले २ लाख तथा सांसद चिन्तामणी पाण्डेयले ५० हजार रुपैयाँ मृतका परिवारलाई राहत स्वरुप उपलब्ध गराउने भनि प्रारम्भिक सहमति भएको थियो । तर प्रहरी नियन्त्रणमा रहेका व्यक्तिहरुलाई रिहा गर्ने विषयमा कुरा नमिल्दा सहमति हुन नसकेको छलफलमा सहभागी मृतकका आफन्त निमबहादुर थापाले बताए ।

बुधबारको छलफलपछि अस्पताल प्रशासनले त्यसलाई निश्कर्षमा पुर्याउने विषयमा कुनै पहल नगरेको उनले बताए । अस्पतालका चिकित्सकहरुले प्रहरी नियन्त्रणमा रहेका व्यक्तिहरुमाथि कारबाहीको दवाव बढाएसँगै मृतकका आफन्तहरुले पनि उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि उचित छानविन गरी कारबाहीको मागसहित प्रहरीमा जाहेरी दिने तयारी गरिएको उनले बताए ।

चिकित्सकहरुबाट इलाका प्रहरीमा धर्ना
चिकित्सकमाथि दुर्व्यवहार भएको भन्दै बिहीबार ईलाका प्रहरी कार्यालय बुटवलमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले धर्ना दिएका छन् । नेपाल चिकित्सक संघ (नेपाल मेडिकल एशोसिएशन), नेपाल फार्मेसी संघ, नेपाल स्वस्थ्य प्राविधिक संघ (पान), मेलान, निजी अस्पताल ब्यवसायी संघ (अफिन), आम्दा अस्पताल प्रशासनसहित आधा दर्जन स्वास्थ्य संस्थामा आवद्ध संस्थाहरुले इलाका प्रहरी कार्यालयमा धर्ना दिएका हुन् ।

उनीहरुले चिकित्सकलाई हातपात गर्नेमाथि कडा कारवाही हुनुपर्ने माग राखेका छन् । संघका सचिव डा. सन्तोष पोखरेलले साँघातिक आक्रमण गर्नेहरुमाथि सार्वजनिक अपराध अन्तर्गत कारवाहीको माग गरे ।

मृतकका आफन्तहरुले सबै घटनामा अस्पताल प्रशासन नै जिम्मेवार रहेको बताएका छन् । जिम्म्ेवार ब्यक्तिबिना शव जबर्जस्ती अस्पताल बाहिर पठाउन खोज्नु र सुबिधा सम्पन्न अस्पतालमा (आइसीयू) रिफर गर्न अस्पतालले अस्वीकार गर्नुलाई आफन्तले अस्पतालको लापरवाही बताउँदै आएका छन् ।

अस्पतालमा सुत्केरीको मृत्युपछि मँगलबार राती अस्पताल प्रशासनका प्रतिनिधि र मृतकका आफन्तहरु बीचको छलफलमा मृतकका आफन्तहरुबाट मेडिकल सुपेरिटेन्डेन डा. राजेन्द्र बस्यालमाथि हातपात भएको थियो ।

 

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ४ : ३६ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका