३१ बैशाख २०८१, सोमबार | May 13, 2024

बौद्ध शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन



लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले स्थापनाको १९ औ बार्षिकउत्सव मनाएको छ । बिहिबार केन्द्रीय कार्यालय लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बौद्व शिक्षाको महत्व नेपालमा मात्रै नभएर विश्वभर रहेको बताए । उनले बुद्ध धर्ममा आस्था मात्रै नभएर यो एउटा दर्शन र सिद्धान्तसमेत भएको बताए । ‘बुद्ध शिक्षा मार्गदर्शक हो, यसको अनुसरण र परिपालना सबैले गर्नुपर्छ, उनले भने ।

बौद्वमार्गको बिषयमा सबैले ध्यानदिन जरुरी रहेको भन्दै उनले बौद्व शिक्षाको माध्यमबाट देशमा पर्यटकिय क्षेत्रको समेत विकास गर्न सकिने बताए । एउटा राजाको सन्तानको रुपमा जन्मिएका बुद्धले मानव कल्याण र विश्वको कल्याणको लागि गरेको गृह त्याग साच्चिकै मानवले अनुशरण गर्नुपर्ने उनले बताए । विश्व शान्ति को लागि विश्वको जीव रजगतको भलो हुने गरि बिकासफगर्न जरुरी रहेको उनको भनाइ छ ।

बिश्वमा २/३ महिनामा मात्रै हजारौंले ज्यान गुमाउनु परेको बताउदै उनले युद्धको बाटो सहि नभएको बताए । नेपालले पनि द्वन्द्वको सामाना गरेको कारण अहिले पनि समस्या रहेको बताउँदै प्रदेश प्रमख शेरचनले नेपालको बौद्व शिक्षालाई विश्वरभर फैलाएर लाभ मात्रै नभएर पुन्य समेत कमाउन सकिने बताए ।

अवको शिक्षा दर्शनसंगै प्रतिफलमा आधारित शिक्षा रहेको बताउदै उनले प्राविधिक ज्ञापन, सीप र धारणाको बिकास गर्नु पर्ने बताए । पछिल्लो समयममा देश प्राविधिकले जनशक्ति अभाव रहेको भन्दै उनले प्रविधिक शिक्षाले देशमा स्वरोजगार सृजना गर्नु पर्ने धारणा राखेका थिए । बुद्धको सन्देश मात्रै बिश्वभर फैलाउनमा सकेमा नेपालले धार्मिक पर्यटनमाफर्त आर्थिक कायापलट गर्न सकिने बताएका थिए ।

बार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले विश्वविद्यालयको शैक्षिक विकासमा प्रदेश सरकारले काम गरिरहेको बताए । उनले प्रदेशका २ लाख युवाहरुलाई रोजगारी बनाउन प्रदेश सरकारले ४ अर्ब बजेट बिनियोजन गरेको भन्दै त्यसका लागि सबै नियकाले सहकार्यमा काम गर्नुपर्ने बताए ।

उच्च शिक्षाका गुणस्तरीयता कायम गर्न यही मंसिरबाट शैक्षिक क्यालेण्डर लागू गरिएको भन्दै त्यसलाई कडाईकासाथ कार्यान्वयन गर्न उनले आग्रह गरे । उच्च शिक्षाका लागि बिनियोजन गरिएकै बजेट कम रहेको र विश्वविद्यालयहरु बढिरहेकाले पर्याप्त बजेट उपलब्ध हुन नसकिरहेको बताए ।

बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्ण लाल बज्राचार्यले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गरी विदेशी विद्यार्थीलाई आकर्षण गर्ने गरी योजना अघि बढाइएको बताए । आधुनिक शिक्षा प्रणालीलाई अबलम्बन गर्दै अनलाइन परीक्षा प्रणाली, छोटो अबधीका कोषहरु सञ्चालन गरिने उनले बताए ।

उपकुलपति बज्राचार्यले कपिलवस्तुमा त्रिपिटक पार्क निर्माण बनाउने योजना अघि बढाइएको पनि बताए । उनले अन्र्तराष्ट्रिय विश्वविद्यालय बनाउनका लागि ट्रष्टको निर्माण गर्ने कार्य अघि बढेको सकेको बताए ।

विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले सातै प्रदेशमा अनुसन्धान केन्द्र निर्माण गरी विश्वविद्यालयलाई अनुसन्धानमै केन्द्रीत बनाउने योजना अनुरुप काम भइरहेको बताए । सानो संरचनाबाट विश्वविद्यालय देखिने चरणमा आइपुगेको भन्दै उनले बौद्ध शिक्षा अध्ययनका लागि अन्र्तराष्ट्रिय केन्द्रका रुपमा स्थापित गरिने बताए ।
उनले विश्वविद्यालय लुम्बिनी, बुटवल र देवदहमा फैलिइसकेको भन्दै छिट्टै कपिलवस्तु र रामग्राम क्षेत्रमा पनि उपस्थिति हुने बताए ।

कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद बस्याल, सम्मरीमाई गाउपालिका बिनोद कुमार श्रीवास्तव, बेल्ट एण्ड रोड इन्टरनेशनल अर्गनाइजेसनका सेक्रेटरी चु फेङले बोल्दै विश्वविद्यालयसंग सहकार्यमा अघि बढ्ने बताए ।

कार्यक्रममा विश्वविद्यालयले कर्मचारीहरु सुरशराज आचार्य, विजयसिंह क्षेत्री, इमरान धुनिया र कामेश्वर यादवलाई सम्मान गरेको छ । कार्यक्रममा सेमिनार पेपरसम्मिलित पुस्तक बिमाचन समेत गरिएको छ ।

बार्षिकोत्सवकै अवसरमा विश्वविद्यालयले बिहिबार बिहान स्वास्थ्य शिबिर आयोजना गरेको थियो । शिबिरमा करिव ३ सय जनाले सेवा लिएका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ५ : ४२ बजे

अनलाइन जुवा खेलाएर एकै व्यक्तिले गरे दुई अर्बको कारोबार

काठमाडौं । अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको

नीति तथा कार्यक्रम प्रस्तुतिको तयारी बारे सभामुख र अध्यक्षबीच छलफल

काठमाडौं । जेठ १ गते संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन सुदूरपश्चिमको प्रदेश सभा बैठक आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशको बैठक आह्वान गरिएको छ । बैठक

विश्व बैंकको अध्ययन- नेपालको वित्तीय संघीयता मध्यम गतिमा

काठमाडौं । वित्तीय संघीयता अन्तर्गत प्रदेश तथा स्थानीय तहमा सार्वजनिक

कांग्रेसको निस्कर्ष – संसदीय समिति गठन नभएसम्म संसद चल्दैन

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन