७ आश्विन २०८३, बुधबार | September 23, 2026

राष्ट्रियसभा सदस्य निर्वाचन माघ ११ गते, दल दर्ता मंसिर २४ देखि २९ भित्र



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको दल दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ ।

सरकारले आगामी माघ ११ गते निर्वाचन मिति तय गरेसँगै आयोगले निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि तयारी सुरु गरेको हो । आयोगले आज जारी गरेको विज्ञप्ति अनुसार निर्वाचनका लागि दल दर्ता यही मंसिर २४ गतेदेखि २९ गतेसम्म हुने भएको छ । त्यसअघि मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन हुनेछ ।

आयोगले पुस १ गते राजनीतिक दलहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने छ भने पुस ४ गते दलको स्वीकृत दलको नामावली राजपत्रमा प्रकाशनार्थ पठाउनेछ ।

पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति, सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको आयोगले जनाएकोछ । पुस २० गतेदेखि पुस २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ।

माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान संचालन हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  २ : १३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज