४ पुस २०८२, शुक्रबार | December 20, 2025

राष्ट्रियसभा सदस्य निर्वाचन माघ ११ गते, दल दर्ता मंसिर २४ देखि २९ भित्र



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको दल दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ ।

सरकारले आगामी माघ ११ गते निर्वाचन मिति तय गरेसँगै आयोगले निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि तयारी सुरु गरेको हो । आयोगले आज जारी गरेको विज्ञप्ति अनुसार निर्वाचनका लागि दल दर्ता यही मंसिर २४ गतेदेखि २९ गतेसम्म हुने भएको छ । त्यसअघि मंसिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन हुनेछ ।

आयोगले पुस १ गते राजनीतिक दलहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने छ भने पुस ४ गते दलको स्वीकृत दलको नामावली राजपत्रमा प्रकाशनार्थ पठाउनेछ ।

पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति, सोही दिन सात वटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको आयोगले जनाएकोछ । पुस २० गतेदेखि पुस २९ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ।

माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान संचालन हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  २ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको