१८ श्रावण २०८३, सोमबार | August 3, 2026

प्रचण्ड र माधव नेपालको षडयन्त्र हुँदा पनि पार्टी सिद्धिएन्:ओली



डोटी । नेकपाका एमाले अध्यक्ष केपी शर्माले पार्टी भित्र अनेक प्रकारको षडयन्त्र हुँदा पनि पार्टी जोडिएको बताएका छन् ।

मध्य पहाडी लोक मार्ग पदयात्राको क्रममा डोटीमा आयोजित आम सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले पार्टी जोगाएको भन्दै कार्यकर्ताहरूलाई धन्यवाद दिएका थिए।

‘प्रचण्डका षडयन्त्र भए, माकुनेका षडयन्त्र भए, अरू षडयन्त्र पनि भए, ती सबै षडयन्त्रलाई परास्त गरेर तपाइहरूले पार्टी जोगाउनु भएको छ, पार्टी फेरी पहिलेकै ठाउँमै आएको छ । देशी विदेशी सारा शक्ति लागि पार्टीलाई सिद्धाउन लाग्दा पनि पार्टी सकिएन’ ओलीले भने  ‘तपाइ, सबैलाई धन्यवाद।’

पछिल्लो समय  हिंसा भड्काउने काम भइरहेको ओलीको भनाइ थियो । देशलाई अगाडी बढाउने संकल्पका साथ सङ्कल्प यात्रा सुरु गरिएको उनले बताए । ओलीले लम्पी स्किन रोगमा सरकारले ढिलासुस्ती गरेको आरोप लगाए।  उनले सरकार धेरै समय टिक्न नसक्ने जनाए ।

‘यो सरकार कति चल्छ र यो सरकार मक्किएको धोद्रा परेको सरकार हो । यस्तै अवस्था देशमा रहँदैन’ उनले भने।  ओलीले पार्टी नेता कार्यकर्ताहरूलाई एक भएर काम गर्न निर्देशन दिएका थिए।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ६ : १७ बजे

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा

मल वितरणमा समान र स्पष्ट नीति बनाउन कृषि मन्त्रालयलाई लुम्बिनीका मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल