८ चैत्र २०८२, आइतबार | March 22, 2026

मृतकका परिवारलाई सात लाख दिने सहमतिसँगै चार दिनपछि उठ्यो आम्दा अस्पतालबाट भावनाको शव



बुटवल । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा मृत्यु भएकी गुल्मी सत्यवती गाउँपालिका ठुलो लुम्पेककी भावना राजकोटीको शव चार दिन पछि उठेको छ ।

३२ वर्षीया राजकोटीको मंसिर १२ गते शुल्यक्रिया मार्फत बच्चा जन्माएपछि मृत्यु भएको थियो । त्यसपछि आक्रोशित मृतकका आफन्तले भावनाको मृत्यु चिकित्सको लापरबाहीबाट भएको भन्दै चिकित्सकलाई कारबाही र पिडितलाई क्षतिपुर्ति दिन माग गर्दै विवाद गरेका थिए ।

पछि विवाद बढ्दै गएपछि मृतकका आफन्तले अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र बस्याल माथी कुटपिट गरेका थिए । त्यसपछि भावनाको शब उठ्न सकेको थिएन । सुत्केरी बेथा लागेपछि मंसिर ११ गते बिहान साढे आठ बजेतिर अस्पताल पुगेकी राजकोटीले बिहान ११ः०७ बजे शल्यक्रिया मार्फत ५ किलोग्रामको छोरालाई जन्म दिएकी थिइन ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले चिकित्सक, मृतकका आफन्त, स्थानिय तहका पदाधिकारी सहित बसेको बैठक पछि शव उठाउने विषयमा सहमती भएको बताए । अस्पताल व्यवस्थापनको स्थानीय समितिका अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको संयोजनमा बैठक बसेको थियो ।

अस्पतालका अध्यक्ष समेत रहेका नगरप्रमुख पाण्डेयले मृतकका २ जना बच्चाहरूको संरक्षणका लागि बुटवल उपमहानगरपालिकाले ५ लाख रुपैयाँ र गुल्मीको सत्यवती गाउँपालिकाले २ लाख रुपैयाँ दिने तथा चिकित्सकमाथि आक्रमण गर्नेहरूले सार्वजनिक रूपमा माफी माग्ने सहमति सर्वपक्षिय छलफलमा निर्णय भएको बताए ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  ८ : १६ बजे

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)