१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अभियान विस्तारै तुहिने : प्रधानमन्त्री प्रचण्ड

विप्लवसहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि व्यक्त



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अभियान विस्तारै तुहिने बताएका छन् । सोमबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पादकहरूसँगको कुराकानी गर्दै गणतन्त्र विरोधी गतिविधि बल प्रयोग नगरी नियन्त्रणमा लिइएको बताए ।

उनले वर्तमान सत्ता गठबन्धन यताउता नहुने दाबी गर्दै भने, ‘हल्ला भइरहन्छन् तर गठबन्धन यताउता हुँदैन ।’ उनले गठबन्धनमा केही असन्तुष्टि भए मिलाइने स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले सम्पादकहरुसँग विप्लवसहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्रीले शान्ति प्रक्रियामा आइसकेकाहरुलाई वारेन्ट जारी गर्न नहुने बताए । थप थाहा छैन बुझ्दैछु’ उनले भने ।

गत मंसिर १० गतेको आदेशअनुसार अदालतले विप्लवसहितका शीर्ष नेतालाई सोमवार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८(१३) ३५ दिनको पक्राउ पुर्जी जारी गरेको छ ।

विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश ओली, माइला लामा, राजु कार्की विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी भएको हो । वारेन्ट जारी भएका विप्लव आफै सत्ता साझेदारहरुको बाहुल्यता रहेको समाजवादी मोर्चामा सहभागी छन् ।

२०७४ को निर्वाचनअघि राज्यविरुद्ध भूमिगत विद्रोह गरेको नेकपाले २०७६ साल फागुनमा सरकारसँग सम्झौता भएपछि शान्तिपूर्ण राजनीतिमा आएको हो । सम्झौताबमोजिम मुद्दा फिर्ता लिन नेकपाका नेताहरू सरकारलाई लगातार दबाब दिँदै आएका थिए ।

भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो पाँच दिने दुबई भ्रमण र कोप २८ सम्मेलनबारे पनि ब्रिफिङ गरेका थिए।

 

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ५ : ५४ बजे

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट

अध्यादेशबारे राय लिन राष्ट्रपतिले वरिष्ठ संविधानविद्हरूसँग छलफल गर्दै

काठमाडौं। रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे गम्भीर परामर्श गर्न

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

महोत्तरी । मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस ९रस०