१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

पक्राउ पूर्जी – शान्तिपूर्ण निकासको पहलमाथिको विध्वंसात्मक हमला : विप्लव

पक्राउ पूर्जी विरुद्ध आन्दोलनको घोषणा



काठमाडौं । आफ्ना महासचिवसहित कैयौं नेताविरुद्ध अदालतद्वारा पक्राउ पूर्जी जारी भएपछि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

काठमाडौं जिल्ला अदालतबाट मंगलबार ३५ दिने सूचना जारी गर्दै पक्राउ पूर्जी जारी भएपछि विप्लव नेकपाले आन्दोलनको घोषणा गरेको हो ।

नेकपा महासचिव विप्लवले आज विज्ञप्ति जारी गर्दै पक्राउ पूर्जी गैरकानूनी, अराजक र विध्वंसात्मक हमला समेत भएको उल्लेख गरेका छन् । यसबाट २१ फागुन २०७७ मा सरकारले आफूसँग सरकारले गरेको ३ बुँदे सहमतिको उल्लंघन र मुलुकका समस्याको शान्तिपूर्ण निकास दिन भइरहेका पहलमाथिको विध्वंसात्मक हमला भएको उनले जनाएका छन् ।

काठमाडौं जिल्ला अदालतले २०७६ साल पुसको मुद्दा ब्युँताएर मंसिर १८ गते महासचिव विप्लवसहित नेताहरु खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ माइला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरिएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘अदालतको उक्त कार्य २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङघन मात्र हैन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहल माथिको विध्वंसात्मक हमला पनि हो ।’

विज्ञप्तिमा भनिएको छ, ‘राज्यको जिम्मेवार निकाय अदालतमा बसेकको न्यायधीसले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भत्सना गर्दछ । साथै यस्ता वितण्डाबादी कार्य रोक्न माग गर्दछ ।’

आन्दोलनको कार्यक्रमअन्तर्गत १९ गते साँझ मसाल जुलुस गर्ने, पक्राउ पूर्जी जारी गर्ने न्यायाधीशको २० गते पुत्ला जलाउने र २१ गते देशव्यापी जनप्रदर्शन गर्ने नेकपाले जनाएको छ ।

 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १ : ०५ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात