६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

गौतमबुद्ध अन्तर्रास्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न माग



काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्रास्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन माग गरिएको छ । नेपाल एशोसियशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलले नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग सो माग गरेको हो ।

प्रतिनिधिमण्डलले आज क्यानका महानिर्देशक प्रदीप अधिकारिलाई ज्ञापनपत्र बुझाउँदै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नियमित गराउन सो माग गरेको हो । महानिर्देशक अधिकारीले सो ज्ञापनपत्र बुझ्दै सो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमत गर्नका लागि क्यानले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

यसैबीच यसअघि नाट्टाको टिमले आज सोमबार काठमाडौँस्थित एशियाली विकास बैंकका नेपाल प्रतिनिधिलाई समेत भेटेर यस विषयमा कुरा राखेको थियो । नाट्टाको लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष सागर अधिकारीले एडिबिको लगानीमा निर्मित भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गराउन एडिबिको पनि सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए ।

यसअघि नाट्टा लुम्बिनी टिमले गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको नियमितताका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग पनि माग गरेको थियो । यहाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएपछि भैरहवा तथा लुम्बिनी क्षेत्रमा पर्यटन व्यवसायीले अबौँ रुपैयाँ लगानी गरेका र विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउन नसक्दा पर्यटन पूर्वाधारको लगानी खेर गएको बताएका छन् ।

त्यसैले यहाँका व्यवसायीले सरकारसँग यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न माग गर्दैआएका छन् । लुम्बिनी क्षेत्रका पर्यटन तथा अन्य सङ्घ संस्थाले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन नहुँदासम्म सडक आन्दोलन गर्ने घोषणासमेत गरेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  १ : २२ बजे

अर्थमन्त्रीको ‘मिसन मोड’ : यस्ता छन् बजेटमा निजी क्षेत्रका सुझाव

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको बेला

बुद्धएयरको नेपालगन्ज पोखरा उडान स्थगन

नेपालगन्ज । करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगन्ज

प्रशासकीय अदालत : कार्यक्षेत्र एकातिर, सेवाग्राही अर्कातिर

काठमाडौँ । प्रशासकीय अदालतको कामकारबाही र कार्यक्षेत्रबारे सेवाग्राहीका रूपमा रहेका

सरकार जवाफदेही नभएसम्म विरोध जारी रहन्छ : हर्कराज राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले

तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य ओरालो लागेको