१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपाल सुपर लिग : ललितपुर र वीरगञ्जको खेल बराबरीमा सकियो



काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा वीरगञ्ज युनाइटेड फुटबल क्लबले ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोकेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार सम्पन्न खेलमा दुवै टोलीले २-२ गोलको बराबरी खेल्दै एकएक अङ्क बाँडेका छन् । यस खेलसँगै ललितपुरले जारी प्रतियोगितामा ६ अङ्क जोडेको छ । पहिलो खेलमा एफसी बुटवल लुम्बिनीलाई २-० ले हराएको ललितपुरले दोस्रो र तेस्रो खेलमा क्रमशः पोखरा थन्डर्स र धनगढीसँग गोलरहित बराबरी खेलेको थियो ।

त्यसैगरी पहिलो खेलमा साविक उपविजेता धनगढी एफसीविरुद्ध २-१ गोलअन्तरले पराजित भएको वीरगञ्ज दोस्रो खेलमा पनि समान नतिजामा एफसी चितवनसँग पराजित भएको थियो । यस खेलसँगै वीरगञ्जले एक अङ्क जोडेको छ ।

खेलमा पहिलो अग्रता भने वीरगञ्जले लियो । वीरगञ्जका लागि खेलको १० औँ मिनेटमा विलियम ओपोकुले गोल गरे । वीरगञ्जको त्यो एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन ।

खेलको १४ औँ मिनेटमा नै ललितपुरका इमोन इकेजेले एक गोल फर्काउँदै खेललाई एकरएक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको २७ औँ मिनेटमा ललितपुरका निखिल सुरेशराओ कदमले गोल गर्दै खेलको पहिलो हाफसम्म २-१ गोलको अग्रता बनाए । तर खेलको दोस्रो हाफको सुरुआतमै वीरगञ्जले बराबरी गोल फर्कायो । वीरगञ्जका लागि दोस्रो गोल कृपाकान्त महतो थारुले खेलको ५२ औँ मिनेटमा गरे ।

त्यसपछि दुवै टोलीले गोल गर्न प्रयास गरे पनि असफल भयो र अन्तत खेल २-२ गोलको बराबरीमा टुङ्गियो ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ७ : ५१ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान