७ चैत्र २०८२, शनिबार | March 21, 2026

डोल्पामा टेलिफोनमा ‘लोडसेडिङ’



जाजरकोट । डोल्पामा नेपाल टेलिकमको भरपर्दो सेवा नहुँदा जनताले अहिले पनि सास्ती खेप्नु परेको छ । डोल्पामा राखिएका टेलिकमका टावरले घामका छउन्जेलमात्र सेवा दिन थालेपछि डोल्पाली जनताले फोनका लागि सास्ती खेप्नु परेको हो ।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–२ रसी लेकमा राखिएको माइक्रो वेब टावरले राम्रोसँग काम नगर्दा यहाका जनताले फोन र इन्टरनेट सुविधा ढुक्कले उपभोग गर्न पाएका छैनन् । मङ्सिर महिना सुरु भएसँगै त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाका विभिन्न स्थानमा फोन तथा इन्टरनेटका लागि राखिएका टावरहरु अवरुद्ध हुन थालेका हुन् ।

हिमाली क्षेत्रमा चिसो बडेसँगै टावर पनि आउनेजाने हुन थालेको त्रिपुराकोट निवासी दुर्गाप्रसाद देवकोटाले बताए । एक महिनायतादेखि साँझसम्म आउने फोनको टावर बिहान उठ्दाखेरि एकाएक गायब हुन थालेको उनको भनाइ थियो। “आजको युगमा फोन र इन्टरनेट अपरिहार्य छ, कठिन भौगोलिक वनावट र यातायातको सुविधा नहुँदा दुर्गममा सामान्य खबर आदानप्रदान गर्न पनि एक ठाउँबाट अर्को ठाउँमा पुग्नु पर्छ, फोन र इन्टरनेट भैदियो भने घरबाटै खबर आदानप्रदान गर्न सकिन्छ”, देवकोटाले भने ।

प्रत्येक दिन करिब पाँच घण्टासम्म फोन र इन्टरनेट सेवा दुवै जान थालेपछि दुर्गमका नागरिकलाई समस्या भएको उनको भनाइ थियो । डोल्पालवासीका लागि दुर्गमलाई सुगमसँग जोड्ने र सुगमको अनुभूति गराउने फोन र इन्टरनेट नै भएकाले टावरलाई कसरी हुन्छ जुनसुकै बेला पनि चल्ने बनाउन उनले आग्रह गरे । रसी लेकमा राखिएको टावर अवरुद्ध भएसँगै जुफाल र त्रिपुराकोटको पनि टावर अवरुद्ध हुने गर्दछ । त्रिपुराकोटको टावर केही महिना अघिमात्रै सञ्चालन भए पनि रसी र जुफालको टावरमा भने ऊर्जाको समस्या रहेको नेपाल टेलिकम जिल्ला शाखाका अधिकृत जयलाल बुढाथोकीले बताए ।

विद्युत् पनि नजोडिएको अवस्था र घाम नलाग्दा सोलारले राम्रोसँग काम नगर्ने भएपछि मङ्सिरयता यहाँका विभिन्न टावरमा समस्या आइरहेको उनको भनाइ थियो । रसी र जुफालको टावरमा सोलार र ब्याट्री थप भएमा यो समस्या हटथ्यो तर रसी लेकमा राखिएको टावरका लागि आँखे खोला जलविद्युत्बाट पोलसमेत गाडिए पनि विद्युत् सञ्चालन नभएपछि बत्ती भने जान सकेको छैन ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  २ : ४५ बजे

आज ‘इद उल फित्र’, इस्लाम धर्मालम्बीहरुले धुमधामका साथ ‘इद’ मनाउँदै

काठमाडौं । देशभरका इस्लाम धर्मावलम्बीले आज इद(उल फित्र (इद) मनाउँदै

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ