४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

एनसेल प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन



काठमाडौं । सरकारले एनसेलको शेयर बिक्रि प्रकरणबारे छानबिन गर्न उच्चस्रीय समिति गठन गरेको छ ।

नेपालको नियामक निकायलाई थाहै नदिइ एनसेलबाट ८० प्रतिशत शेयर हिस्सा ओगटेको मलेसियन कम्पनी आक्जिएटाले आफ्नो शेयर बिक्री गरेपछि उत्पन्न विवादबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन भएको हो ।

आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिमा प्रधानमन्त्री कार्यालयका कानुन हेर्ने सचिव फणीन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्य, सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर एकाउन्टेन्ट संस्था (आइक्यान)०का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य छन्।

समितिलाई एक महिनाभित्र प्रतिवेदन दिनेगरी कार्यादेश दिइएको संचारमन्त्री रेखा शर्माले जानकारी दिइन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दिनअघि बोलाएको सत्ता गठबन्धनको बैठकले एनसेलले नेपालको कानूनमाथि जालसाझी गरेको निस्कर्ष निकाल्दै छानबिन गर्नुपर्ने निस्कर्ष निकालेको थियो । हिजोमात्र संसदको लेखा समितिले एनसेलको शेयर खरिद बिक्रि प्रक्रिया यथास्थितिमा राख्न सरकारलाई निर्देशन दिँदै थप छानबिन गर्न निर्देशन दिएको थियो ।

 

 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ११ : ११ बजे

एजाज आलमको उम्मेदवारीले मुस्लिम समुदायमा प्रतिनिधित्वको आशा जगायो

बुटवल । बुटवलका मुस्लिम अगुवाहरुले मुस्लिम समुदायबाट पनि प्रतिनिधिसभा निर्वाचनका

रुपन्देहीमा राष्ट्रिय जनमोर्चाको चुनावी अभियान सक्रिय

बुटवल । राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा चुनावी अभियानलाई तीव्रता दिएको छ

ज्योतिष नबनौं, हल्लाको पछि नलागौं

बुटवल । ‘चितवन-३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन, रेनु दाहाल

१३-औं ‘दीप गायन तारा’ को उपाधि साकार शाहीलाई

बुटवल । बुटवलस्थित दीप बोर्डिङ हाई स्कुलद्वारा आयोजित १३-औं संस्करणको

मोक्षधामको दर्शनपछि चुन्नप्रसाद पौडेलद्वारा घरदैलो अभियान सुरु

बुटवल । नेपाली काँग्रेसका रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा