१२ पुस २०८२, शनिबार | December 27, 2025

एनसेल प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन



काठमाडौं । सरकारले एनसेलको शेयर बिक्रि प्रकरणबारे छानबिन गर्न उच्चस्रीय समिति गठन गरेको छ ।

नेपालको नियामक निकायलाई थाहै नदिइ एनसेलबाट ८० प्रतिशत शेयर हिस्सा ओगटेको मलेसियन कम्पनी आक्जिएटाले आफ्नो शेयर बिक्री गरेपछि उत्पन्न विवादबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन भएको हो ।

आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिमा प्रधानमन्त्री कार्यालयका कानुन हेर्ने सचिव फणीन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्य, सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर एकाउन्टेन्ट संस्था (आइक्यान)०का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य छन्।

समितिलाई एक महिनाभित्र प्रतिवेदन दिनेगरी कार्यादेश दिइएको संचारमन्त्री रेखा शर्माले जानकारी दिइन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई दिनअघि बोलाएको सत्ता गठबन्धनको बैठकले एनसेलले नेपालको कानूनमाथि जालसाझी गरेको निस्कर्ष निकाल्दै छानबिन गर्नुपर्ने निस्कर्ष निकालेको थियो । हिजोमात्र संसदको लेखा समितिले एनसेलको शेयर खरिद बिक्रि प्रक्रिया यथास्थितिमा राख्न सरकारलाई निर्देशन दिँदै थप छानबिन गर्न निर्देशन दिएको थियो ।

 

 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ११ : ११ बजे

आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

डडेल्धुरा । जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको

मुस्ताङको घमीमा सामूहिक स्याउखेती

मुस्ताङ । यहाँस्थित माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-२ घमी गाउँमा

आज काठमाडौंको यी स्थानमा काटिदैछ बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा

आजको मौसम : तराईमा दिनभर हुस्सु लाग्ने

काठमाडौं । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

निर्वाचन ६८ दिन बाँकी : प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको