२ पुस २०८२, बुधबार | December 18, 2025

भुटानी शरणार्थी प्रकरण : सन्दीप रायमाझी सहित ६ जना थुना मुक्त



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना थुना मुक्त भएका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी रकम बुझाएर ५ जना थुनामुक्त भएका छन् भने साधारण ताखेरमा छाड्न आदेश भएका एकजना पनि थुना मुक्त भएका छन् ।

साधारण तारेखमा मुक्त गर्न आदेश भएको आशिष बुढाथोकी सहित धरौटी रकम बुझाएर आएका ५ जनालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले जानकारी दिए । धरौटी तिरेर रिहा हुनेमा सन्दीप रायमाझी, शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन र रामशरण केसी रहेका छन् ।

धरौटी बुझाएर सन्दीप रिहा भएपनि उनका पिता पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी भने सोही प्रकरणमा थुनामै छन् ।

उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा सन्दीप सहितका ६ जनालाई धरौटीमा छाड्न आदेश गरेको थियो । धरौटीमा छाड्न आदेश भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालभने धरौटी रकम नबुझाएका कारण थुनामै रहेका छन् । उनीसँग अदालतले १५ लाख धरौटी माग गरेको थियो ।

धरौटी रकम बुझाएका ५ जनालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएको भएपनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अभियुक्तहरूसँग धरौटी लिएर छाड्ने निर्णय गरेपछि उनीहरु थुना मुक्त भएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य नाइके भनिएका ३ जनालाई नख्खु कारागारमा सरुवा गरिएको छ । सानु भण्डारी, केशव दुलाल र सन्देश शर्मालाई कारागार कार्यालय नख्खुमा सरुवा गरिएको केन्द्रीय कारागारले जनाएको छ ।

 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ४ : २७ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल