६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

भुटानी शरणार्थी प्रकरण : सन्दीप रायमाझी सहित ६ जना थुना मुक्त



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना थुना मुक्त भएका छन् । उच्च अदालत पाटनले तोकेको धरौटी रकम बुझाएर ५ जना थुनामुक्त भएका छन् भने साधारण ताखेरमा छाड्न आदेश भएका एकजना पनि थुना मुक्त भएका छन् ।

साधारण तारेखमा मुक्त गर्न आदेश भएको आशिष बुढाथोकी सहित धरौटी रकम बुझाएर आएका ५ जनालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले जानकारी दिए । धरौटी तिरेर रिहा हुनेमा सन्दीप रायमाझी, शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन र रामशरण केसी रहेका छन् ।

धरौटी बुझाएर सन्दीप रिहा भएपनि उनका पिता पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझी भने सोही प्रकरणमा थुनामै छन् ।

उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले मङ्सिर १५ मा सन्दीप सहितका ६ जनालाई धरौटीमा छाड्न आदेश गरेको थियो । धरौटीमा छाड्न आदेश भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालभने धरौटी रकम नबुझाएका कारण थुनामै रहेका छन् । उनीसँग अदालतले १५ लाख धरौटी माग गरेको थियो ।

धरौटी रकम बुझाएका ५ जनालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उपस्थित गराएको भएपनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अभियुक्तहरूसँग धरौटी लिएर छाड्ने निर्णय गरेपछि उनीहरु थुना मुक्त भएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य नाइके भनिएका ३ जनालाई नख्खु कारागारमा सरुवा गरिएको छ । सानु भण्डारी, केशव दुलाल र सन्देश शर्मालाई कारागार कार्यालय नख्खुमा सरुवा गरिएको केन्द्रीय कारागारले जनाएको छ ।

 

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहिबार  ४ : २७ बजे

बुद्धएयरको नेपालगन्ज पोखरा उडान स्थगन

नेपालगन्ज । करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्धएयरको नेपालगन्ज

प्रशासकीय अदालत : कार्यक्षेत्र एकातिर, सेवाग्राही अर्कातिर

काठमाडौँ । प्रशासकीय अदालतको कामकारबाही र कार्यक्षेत्रबारे सेवाग्राहीका रूपमा रहेका

सरकार जवाफदेही नभएसम्म विरोध जारी रहन्छ : हर्कराज राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले

तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य ओरालो लागेको

श्रम संस्कृति पार्टीद्वारा सदनमा पुनः पर्चासहित प्रदर्शन, सभामुखद्वारा चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीले बुधबार पनि प्रतिनिधिसभा बैठकमा विरोध