२८ भदौ २०८३, आइतबार | September 13, 2026

आफू प्रधानमन्त्री रहेसम्म राष्ट्र र जनहित विपरीत कुनै काम हुन दिन्न : प्रचण्ड



सुदूरपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको अर्थतन्त्रको उन्नयनका निम्ति आफू गम्भीर रहेको बताएका छन् ।

कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवको आज उद्घाटन गर्दै प्रधानमन्त्रीले आगामी केही महिनाभित्रमा देशको अर्थतन्त्रलाई लयमा फर्काउन सकेमा त्यो आफ्ना लागि गौरवको विषय हुने बताए ।

प्रधानमन्त्रीको जिम्मेवारी बहन गरेको सुरुको अवस्थामा निराशाजनक रहेको अर्थतन्त्रमा अहिले केही सुधारका सङ्केत देखिन थालेको प्रधानमन्त्रीले बताए । उनले भने, “अर्थतन्त्र अझै दबाबमा रहे पनि अहिले रेमिट्न्स बढेको, धेरै पर्यटक नेपाल भित्रिएको, गत महिनादेखि राजस्व बढेको र विदेशी मुद्राको सञ्चिति १७ महिनालाई पुग्ने गरी बढेको छ ।” सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा अभियान सुरु गर्न जमर्को गरिएको उनले उल्लेख गरे।

“एकथरि मान्छेले निराशा बाँडेर प्रचार गरेका छन्, ७० वर्ष लडेर प्राप्त परिवर्तनलाई उल्ट्याउने प्रयास गरेका छन्”, उनले भने, “आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेसम्म राष्ट्र र जनहित विपरीत कुनै काम हुन दिइने छैन ।”

प्रधानमन्त्री प्रचण्डले एनसेलको खरिदबिक्रीका सन्दर्भमा सरकारले छानबिन समिति गठन गरेको बताए। राजनीति पनि मोटामोटी लयमा आएको उल्लेख गर्दै प्रधानमन्त्रीले संविधान र व्यवस्थाविरुद्ध गतिविधि गर्ने अराजकतावादीका विरुद्ध दल एकठाउँमा उभिएको बताए ।

सुदूरपश्चिमको समग्र विकासका लागि आफू दत्तचित्त रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले उद्योग शिक्षा स्वास्थ्यको विकासको सवालमा आफूले प्राथमिकता दिएको बताए। गेटामेडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वाविद्यालय बनाउने विधेयक छलफलमा रहेकाले यो विधेयक चाँडै पारित हुने बताउँदै उनले यो विषयमा कुनै अन्योल नराख्न आग्रह गरे । ।

धनगढीको फाप्ला क्रिकेट मैदानलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले उरैभञ्ज्या नाका, दोधारा चाँदनी सुक्खा बन्दरागाह, पञ्चेश्वर जलविद्युत् परियोजनाको कामअघि बढिरहेको बताए । उनले खप्तड क्षेत्रको विकास, परशुराम धाम, महाकाली नदीमाथि मोटरेबल पुल निर्माण जस्ता कामअघि बढाउन लागिएको बताए । प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारका साथै उद्योगी व्यवसायीले राखेका समस्या समाधानमा सङ्घीय सरकारले चासो देखाउन ध्यानाकर्षण गराए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सरकारले काम गर्ने वातावरण बनाइ दिनुपर्नेमा जोड दिँदै राष्ट्र बैंकले आजै ल्याएको मौद्रिक नीतिले केही हदसम्म समस्या समाधान हुने विश्वास व्यक्त गरे। उनले प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनसँगै आफ्नो पहलमा पाँच अर्ब लागानीको केवलकार योजना कैलालीको चिसापानीमा कार्यान्वयन गर्न लागिएको जानकारी दिए ।

प्रकाशित मिति : २२ मंसिर २०८०, शुक्रबार  ७ : ४८ बजे

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध

काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना

सुदूरपश्चिम । सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले थारू समुदायले परम्परागत रुपमा

वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्तिम चरणमा पुगेको

प्रकाश दुतराजको लोकसङ्गीत साङ्गीतिक समूह

म्याग्दी । कलाकार प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट ‘ब्यान्ड’ (सामूहिक लोकसङ्गीत

सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम । “सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब