८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

पन्ध्र बिघामा गरिएको गाँजाखेती नष्ट



मलङ्गवा । सर्लाही प्रहरीले लालबन्दी नगरपालिका-१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला नेतृत्वको सुरक्षाकर्मीको टोलीले गाँजा खेती नष्ट गरेको हो ।

नारायण खोला र आसपासका क्षेत्रको विशाल भूभागमा गाँजाखेती गरिएको सूचनाका आधारमा परिचालन भएको सुरक्षाकर्मीको टोलीले १५ बिघा क्षेत्रफलमा लगाएको गाँजा नष्ट गरेको सर्लाहीका प्रहरी प्रमुख प्रवीण धितालले राससालाई जानकारी दिए ।

गाँजा नष्ट गर्न जिल्ला प्रहरी कार्यालय मलङ्गवा, नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर, सशस्त्र प्रहरी सुरक्षा बल लालबन्दी र इलाका प्रहरी कार्यालय लालबन्दीबाट एक सय ५० जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए ।

प्रहरीले प्रत्येक वर्ष सर्लाहीको चुरे क्षेत्रमा गाँजा फडानी गर्दै आएको छ तर स्थानीयले गाँजाखेती गर्न छाडेका छैनन् । सडक नपुगेको र खोलाको बगर भएर जानुपर्ने जिल्लाकै सबैभन्दा दुर्गम भेगमा पर्ने चुरेक्षेत्रस्थित नारायण खोलाका स्थानीयले केही वर्षदेखि अन्य बाली लगाउन छाडेर गाँजाखेती गर्दै आएका छन् ।

सर्लाहीको बागमती, हरिवन, लालबन्दी र ईश्वरपुर नगरपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रको डाँडाकाँडामा गाँजाखेती रोकिएको छैन ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ७ : ५७ बजे

बैशाख मसान्तसम्म ११ खर्ब ७७ अर्ब १८ करोड व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ११ खर्ब ७७

स्लट लिभरपुलको प्रशिक्षक नियुक्त

काठमाडौं । आर्ने स्लट लिभरपुलको  प्रशिक्षक बनेका छन् । लिभरपुलले

अन्तर्राष्ट्रिय फौजदारी अदालतले माग्यो नेतान्याहू र हमासका शीर्ष नेताको गिरफ्तारी वारेन्ट

काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन

आइपिएलको फाइनल प्रवेशका लागि आज हैदराबाद र कोलकाता भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा प्लेअफ चरणको पहिलो

जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

काठमाडौं । संयुक्त अधिराज्यका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा