७ भदौ २०८३, आइतबार | August 23, 2026

‘भ्रष्टाचारका सन्दर्भमा मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी’



हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टाचारका सन्दर्भमा राणाकालीन समयदेखि हालसम्म मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी भएको बताएका छन् ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज मुख्यमन्त्री कार्यलय हेटौँडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका निष्पक्ष हुनुपर्नेमा जोड दिए ।

अख्तियारले झुट्टा निवेदनको पहिचान गरी अनुसन्धानमा निष्पक्षता देखाउनुपर्ने समय भएको बताउँदै उनले सर्वप्रथम राजनीतिक नेतृत्व निष्पक्ष र पारदर्शी हुनुपर्ने र त्यसपछि कर्मचारी प्रशासनले पनि त्यस्ता काममा राजनीतिक नेतृत्वलाई उक्साउन नहुने बताए ।

संसद्ले पास गरेको बजेटका विषयमा अख्तियारले चासो बढाएर झन्झट उत्पन्न गराएको बताउँदै उनले एउटै उजुरीमा झुलिरहनुपर्ने समस्याले सरकारी कामकाजमा समस्या पारेको बताए । उनले अख्तियारको भूमिका निष्पक्ष हुनुपर्ने र एकले अर्कालाई सिध्याउने हतियारबाट समयमै सजग रहनुपर्नेमा जोड दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयका प्रमुख नरहरि घिमिरेले कार्यालयले गरेका सुशासनका प्रगति विवरणका कार्यपत्र प्रस्तुत गरेका थिए । नागरिक निगरानी संस्थाका अध्यक्ष केदार चौलागाईंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्पक्ष ढङ्गबाट काम गर्नुपर्नेमा जोड दिए ।

बागमती प्रदेशका मुख्य सचिव घनश्याम उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनैतिक दबाबमा नपरी निष्पक्ष ढङ्गबाट सुशासन प्रवर्द्धन हुनेगरी काम गर्नुपर्नेमा जोड दिइएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ८ : ५५ बजे

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिँदा कम्युनिष्ट आन्दोलन कमजोर भयो : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वर्तमान

जनसंख्या पलायन रोक्न ठुला सिंचाई परियोजना आवाश्यक : उर्जामन्त्री श्रेष्ठ

मोरङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ

न्याय सम्पादनमा बार र बेञ्चको महत्त्वपूर्ण भूमिका हुन्छ : प्रधानन्यायाधीश

दमौली । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले न्याय सम्पादनमा बार र

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण

सभापति लामिछानेको चीन भ्रमण स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको