१५ माघ २०८२, बिहिबार | January 29, 2026

‘भ्रष्टाचारका सन्दर्भमा मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी’



हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टाचारका सन्दर्भमा राणाकालीन समयदेखि हालसम्म मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी भएको बताएका छन् ।

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज मुख्यमन्त्री कार्यलय हेटौँडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका निष्पक्ष हुनुपर्नेमा जोड दिए ।

अख्तियारले झुट्टा निवेदनको पहिचान गरी अनुसन्धानमा निष्पक्षता देखाउनुपर्ने समय भएको बताउँदै उनले सर्वप्रथम राजनीतिक नेतृत्व निष्पक्ष र पारदर्शी हुनुपर्ने र त्यसपछि कर्मचारी प्रशासनले पनि त्यस्ता काममा राजनीतिक नेतृत्वलाई उक्साउन नहुने बताए ।

संसद्ले पास गरेको बजेटका विषयमा अख्तियारले चासो बढाएर झन्झट उत्पन्न गराएको बताउँदै उनले एउटै उजुरीमा झुलिरहनुपर्ने समस्याले सरकारी कामकाजमा समस्या पारेको बताए । उनले अख्तियारको भूमिका निष्पक्ष हुनुपर्ने र एकले अर्कालाई सिध्याउने हतियारबाट समयमै सजग रहनुपर्नेमा जोड दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयका प्रमुख नरहरि घिमिरेले कार्यालयले गरेका सुशासनका प्रगति विवरणका कार्यपत्र प्रस्तुत गरेका थिए । नागरिक निगरानी संस्थाका अध्यक्ष केदार चौलागाईंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्पक्ष ढङ्गबाट काम गर्नुपर्नेमा जोड दिए ।

बागमती प्रदेशका मुख्य सचिव घनश्याम उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा सरोकारवालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनैतिक दबाबमा नपरी निष्पक्ष ढङ्गबाट सुशासन प्रवर्द्धन हुनेगरी काम गर्नुपर्नेमा जोड दिइएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ८ : ५५ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला